शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा एभोकाडोको व्यवसायीक खेती सुरु

शुक्रवार , बैशाख १०, २०७८

सिन्धुली,१० बैशाख– – सिन्धुली जिल्लामा व्यवसायीक रुपमा एभोकाडोको खेती गर्न सुरु गरिएको छ । गोलञ्जोर गाँउपालिका–४ तिनकन्याका किसानले एभोकाडोको खेती सुरु गरेका हुन् । जुनार खेतीले कहलिएको सिन्धुली जिल्लामा यो फलको पहिलो पटक खेती सुरु गरिएको स्थानिय बताउछन् ।

तीनकन्याका लालबहादुर ठाडा मगरले जिल्लामै पहिलोपटक एभोकाडोको व्यवसायीक खेती सुरु गर्नु भएको हो । गत बर्ष धनकुटा जिल्लाबाट ३ सय ५० बोट एभोकाडोको बिरुवा ल्याई २० रोपनी जमिनमा व्याबसायिक खेती सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

बगैचा भरी जुनार खेती गर्दै आउनु भएका मगरलाई जुनार भन्दा एभोकाडोको बजार भाउ राम्रो भएकाले खेती गर्ने जोश चलेको हो । जुनार सुन्तलाको तुलनामा एभोकाडो खेतीबाट बढी आम्दानी हुने देखेर यो बर्षदेखि एभोकाडोको व्यवसायिक खेती सुरु गरेको उहाँले बताउनुभयो ।

तीन बर्ष अगाडी घर अगाडी लगाएको एउटा बोटमा एभोकाडोले फल राम्रो दिएपछि व्यवसायीक खेती गर्न सकिने देखिएपछि खेती सुरु गरेको उहाँले सुनाउनुभयो । एउटा विरुवामा फल लाग्दा ४० केजी एभोकाडो बेचेपछि उहाँलाई थप खेत गर्न हौसल्ला मिलेको हो । प्रतिकेजी दुई सय रुपैयाले कारोबार भएको उहाँले बताउनुभयो ।

जिल्लामा फाट्टफुट रुपमा मात्रै देखिएको एभोकाडोको उहाँले व्यवसायीक खेती गर्न सुरु गरर्नु भएको हो । जुनार खेतीबाटै दुई लाख भन्दा बढी आम्दानी बर्षेनी लिदै आउनु भएका ठाडामगरले जिल्लामै पहिलो पटक व्यवसायीक रुपमा एभोकाडोको खेती सुरु गर्नु भएको हो । एभोकाडोको उत्पादन हुन सुरु गरेपछि बेच्नका लागि बजार काठमाण्डौ नै भएको उहाँको बुझाई छ ।

प्रतिक्रिया