शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

ग्रेट हिमालय क्रीकेट एकेडेमीको शान्दार जितसँगै उपाधि उचाल्न सफल

मंगलवार , चैत्र ३१, २०७७

मूलपानी क्रिकेट रंगशालामा भएको नेक्सस कप सिजन ४ क्रिकेटको उपाधि ग्रेट हिमालय क्रीकेट एकेडेमी (जिएचसिए) ले जितेको छ । मंगलबार काठमाडौँ क्रीकेट ट्रेनिङ सेन्टर (केसिटिसि) लाई पराजित गर्दै ग्रेट हिमालय क्रीकेट एकेडेमीले उपाधि हात पारेको हो । जिएचसिएले ९ विकेटले खेल जितेको हो ।

केसिटिसिलाई १८ ओभरमै प्याक गरेको जिएचसिएले ६५ रनको लक्ष्य पाएको थियो । जिएचसिएका खेलाडीद्वय निश्चय थापा र निश्चल अमात्यको सान्दार साझेदारीमा जिएचसिएले १६ ओभर ३ बलमै लक्ष्य प्राप्त गर्यो । उक्त खेलको उत्कृष्ठ खेलाडी (म्यान अफ द म्याच) पुरन थापा भएका थिए । जितसँगै जिएचसिएले एक लाख ११ हजार रुपैँया राशि प्राप्त गरेको छ । त्यसैगरि, रनरअप केसिटिसिले ७५ हजार रुपैँया राशि हात पार्न सफल भएको छ ।

नेक्सस क्रीकेट एकेडेमी र कागेश्वरी मनोहरा खेलकुद विकास समितिको संयुक्त आयोजनामा काठमाडौको मुलपानी क्रीकेट रंगशालामा संचालन भएको हो ।

प्रतिक्रिया