शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीको मझुवादोभानमा गाँउघर क्लिनिक सञ्चालन

आइतवार , चैत्र २९, २०७७

सिन्धुली,२९ चैत्र – सिन्धुलीको तीनपाटन गाउँपालिकाको वडा नं. ५ मझुवा दोभानमा गाँउघर क्लिनिक सञ्चालन गरिएको छ ।

दम, प्रेसर, सुगर लगायतका नसर्ने रोग व्यवस्थापनका लागि मझुवादोभानमा बिहिबारदेखि उक्त क्लिनिक सञ्चालन गरिएको तीनपाटन गाँउपालिका आयुर्वेद शाखाले जनाएको छ । उक्त शाखा प्रमुख चन्द्र न्यौपानेका अनुसार उक्त क्लिनिक प्रत्येक हप्ताको बिहिबार सञ्चालन गरिने र रोग अनुसारको आयुर्वेद दवाई बितरण गरिने छ ।

उक्त क्लिनिक सञ्चालनसँगै वडा नं. ५ र अन्य वडाहरु २, ४, ५, ६ तथा १० का केही भुभागका नागरिकले सेवा पाउने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, “धेरै वडाहरु समेटिने भएकाल मझुवादोभानमा गाँउघर क्लिनिक सञ्चालन गरिएको हो ।” त्यस्तै वडा नं. ५ मा नै १६५ जना ६० बर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क आयुर्वेदिक औषधि बितरण गरिएको उक्त शाखाले जनाएको छ ।

तीनपाटन गाँउपालिकाले यो बर्ष जेष्ठ नागरिक कार्यक्रम सञ्चालन गरेको र उक्त कार्यक्रम अन्तर्गत नै महानारायण तेल, असोगन्धा चुर्ण एवं. आमलकिचुर्ण बितरण गरिएको शाखा प्रमुख न्यौपानेले सुनाउनुभयो ।

गाँउपालिका आयुर्बेदिक शाखाको आयोजनामा सबै वडाका जेष्ठ नागरिकलाई घर घरमै गएर निःशुल्क आयुर्बेदिक औषधि बितरण सुरु गरिएको हो । गाँउपालिकाका ११ वटै वडामा उक्त औषधि बितरण गर्ने योजना रहेको छ । हालसम्म वडा नं. ५, ६, ९ र १० मा जेष्ठ नागरिकलाई आर्युवेदिक औषधि बितरण गरि सकेको उक्त शाखाले जनाएको छ ।

प्रतिक्रिया