नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने आइपिएलको सिजन २०२१ का लागि भएको अक्सनमा बिक्रि हुन असफल भएका छन् । सिजन २०२१ का लागि बिहीबार चेन्नईमा भइरहेको मिनि अक्सनमा सन्दीपलाई भित्र्याउन कुनै पनि टिमले चासो नदेखाएका हुन् । यो सिजनमा सन्दीपको न्यूनतम पारिश्रमिक ४० लाख भारु राखिएको थियो । अक्सनको अन्तिम समयमा कुनै टिमले राख्न देखाएमा सन्दीप न्यूनतम पारिश्रमिकमा आबद्ध हुने सक्ने सम्भावना भने छ ।

सन्दीप पहिलो पटक सन्२०१८ को सिजनका लागि दिल्ली क्यापिटल्समा आबद्ध भएका थिए। त्यतिबेला उनी २० लाख भारुमा आबद्ध भएका थिए । उनी २०१८ देखि तीन सिजन सन्दीप दिल्ली क्यापिटल्समा रहेन। सुरुवाती दुई सिजनमा मौका पाएका सन्दीपले सिजन २०२० मा मौका पाउन सकेका थिएनन् । सन्दीपले सुरुवाती दुई सिजनमा ९ खेलमा १३ विकेट लिएका थिए । गत सिजन दिल्लीमा रविचन्द्रन आश्विन, अमित मिश्रा र अक्षर पटेल जस्ता अनुभवी स्पिनर हुँदा सन्दीपले मौका पाउन सकेका थिएनन्।