शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

चार झ्याङ् अदुवाले अहिले गाँउ नै छ पक्कै ढा क्यो

शनिवार , पौष ४, २०७७

सिन्धुली,४ पौष – तीन दशकअघि सिक्किमको पेदुङ्बाट ल्याएको चार झ्याङ् अदुवाले यतिखेर दुधौली नगरपालिका–१३ अरुणठाकुरलाई नै छ पक्कै ढा केको छ ।

राम्रो मूल्य पाउन थालेपछि अरुणठाकुरका कृषकले पा खो बारीमा मकै र को दो रोप्न छा डेर अदुवा खेती गरेका हुन् । “शिक्षा र अदुवा खेती, अरुणठाकुरको नीति” भन्ने ना रा बनाएर कृषकले घर–घरमा सुरु गरेको अदुवा खेतीबाट उनीहरुको जीवनस्तरमा प रिबर्तन मात्रै आएको छैन, म नग्ये आ म्दानी समेत लिएका छन् ।

मकै र कोदो खेतीको आम्दानीभन्दा अदुवा खेतीको आम्दानी ते ब्बरभन्दा बढि हुने भएकाले त्यस खेतीतर्फ आकर्षित भएको कृषकहरु बताउछन् । स्थानीय कृषकका अनुसार अरुणठाकुरमा वि.सं. २०४२ सालतिर अदुवा खेतीले प्रबेश पाएको हो । गाँउकै कृषक आसमान् तामाङ्ले त्यतिबेला मसलाका लागि भनेर सिक्किमको पेदुङ्बाट ल्याएको बोसे जातको चार झ्याङ् अदुवाले व्यावसायिक रुप लिएर अहिले सिङ्गो गाँउ नै ढाकेको हो ।

अदुवा खेतीबाट बर्सेनि ५० हजार रुपियाभन्दा बढी आम्दानी लिदै आउन भएका स्थानीय कृषक रत्नबहादुर तामाङ् मकै र कोदो खेतीको तुलनामा ते ब्बरभन्दा बढि आम्दानी हुने भएकाले आफुले १२ बर्षदेखि अदुवा खेती गर्दै आएको बताउनु हुन्छ ।

उहाँले भन्नुभयो, “अदुवाको आ म्दानीले घर खर्चमात्र ट रेको छैन, आर्थिक हैसियतमा समेत ठू लो प रिवर्तन आएको छ । मैले पनि यो वर्ष सात कठ्ठा जमिनमा अदुवा खेती गरेको छु । अदुवा कै आम्दानीबाट सबै कृषकले ईच्छा अनुसारको खाद्यान्न कि नेर उपभोग गर्छौं ।”

अदुवा खेतीमा संलग्न कृषकहरुका अनुसार उत्पादित अदुवा सिजन अनुसार प्रतिधार्नी दुई सय रुपियादेखि तीन सय रुपियासम्ममा बि क्रि हुने गरेको छ । उत्पादित अदुवा स्वदेशका काठमाडाँै, धरान, बिरगञ्ज र बिराटनगर हुदै भारतको दि ल्लीसम्म निकासी हुने गरेको छ ।

उचित मूल्य र बजारको सरल पँहुचका कारण अरुणठाकुरका करिब ९० प्रतिशत बासिन्दा अदुवा खेतीमा संलग्न रहेका अर्का कृषक नरबहादुर तमाङ् बताउनुहुन्छ ।

उहाँका अनुसार अरुणठाकुरका करिब आठ सय घरपरिवार मध्ये सात सय बढि घरपरिवारले व्यावसायिक अदुवा खेती गरेका छन् । अदुवा खेती गरेर प्रतिपरिवारले बर्सेनि कम्तीमा ५० हजार रुपियादेखि बढिमा चार लाख रुपियासम्म आम्दानी गर्दै आएका छन् ।

एक घरले न्यूनतम दुई कठ्ठा जमिनदेखि अधिकतम चार विघा जमिनमा अदुवा खेती गरेका पाईन्छ । खेतीमा संलग्न सोमबहादुर बल आफुले करिब चार बिघा जमिनमा अदुवा खेती गरेको बताउनुहुन्छ । बर्सेनि आफुले अदुवा खेतीबाट तीन लाख रुपियासम्म कमाउने गरेको उहाँको भनाई छ ।

आफ्नो जाँगर, मिहेनेत र लगनशीलता छ भने अदुवा खेतीबाट अरब जाने व्यक्तिले जत्तिकै गाँउमै धन कमाउन सकिने धारणा उहाँले व्यक्त गर्नुभयो । कृषक बल भन्नुहुन्छ, ‘धन कमाउन किन जानु पर्‍ यो विदेश ? यहाँका कृषकलाई त आफ्नै गाँउ अरब पल्टिएको छ ।’

उत्पादित अदुवा बिक्रि गर्न छिमेकी दुधौली बजारमा पु¥याउनु पर्ने बाध्यता रहेको खेतीमा संलग्न कृषकहरु बताउछन् । बिक्रि न भएको अदुवाबाट कृषकले धुलो मसला, सुठो, चक्लेट र क्याण्डी बनाई बिक्रि गरि आम्दानी लिदै आएका छन् ।

प्रतिक्रिया