काठमाडौँ, १८ मंसिर : नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भा इरसको स ङ्क्रमणबाट मुक्त हुनुभएको छ । उहाँले आफू कोरोनाबाट मुक्त भएको आज सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ ।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहनुभएका लामिछाने कोरोनाबाट स ङ्क्रमित हुनुभएको थियो । पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै उहाँ सेल्फ आइसोलेशनमा बस्नुभएको थियो । आइतबार श्वा स प्र श्वासमा समस्या देखिएपछि सन्दीपलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । केही दिनको आरामपछि उहाँ बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जानुहुनेछ ।
अष्ट्रेलियामा यही डिसेम्बर तेस्रो सातादेखि बिग ब्यास लिग शुरु हुँदैछ । उहाँ तेस्रोपटक बिग ब्यास लिग खेल्ने तयारीमा हुनुहुन्छ । यसपटक सन्दीपले होबार्ट हुरिकेन्सबाट बिग ब्यास खेल्दै हुनुहुन्छ ।
आज मंसिर १८ गते बिहीबारको राशिफल र मौसम
वि.सं.२०७७ साल मंसिर १८ गते । बिहीबार । ईश्वी सन् २०२० डिसेम्बर ०३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–तृतीया,२७ घडी ५० पला,बेलुकी ०५ बजेर ४८ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– आद्र्रा,१२ घडी ४७ पला,बिहान ११ बजेर ४७ मिनेट उप्रान्त पुनर्वशु । योग–शुभ,११ घडी २९ पला,बिहान ११ बजेर १६ मिनेट उप्रँन्त शुक्ल । करण–भद्रा,बेलुकी ०५ बजेर ४८ मिनेट उप्रान्त बव,रातको ०५ बजेर ५४ मिनेट उप्रान्त बालव । आनन्दादिमा–काण योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ०६ पला । विश्व अपाङग दिवस ।
आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजरे ३९ मिनेट देखि ७ बजेर ५८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन । आम्दानीमा कमी आउने छैन । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक दिन हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने समय छ । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ । यात्राको सम्भावना छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन । पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ, तर डराउनु पर्दैन, समय तपाईंको पक्षमा नै रहने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– व्यापारबाट लाभ पाइने छ । कृषि, वन र माटोसम्बन्ध व्यवसायीले लाभ प्राप्त गर्नेछन । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ । दिन ढल्दैजाँदा विशिष्ट व्यक्तिसँगको सामीप्यता बढ्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । पारिवारिक सहयोग बढ्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । अब पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– दिनभरि संयम र अनुशासित भई व्यवहार गर्नु पर्नेछ । साँझबाट मनमा उत्साह र उमङ्गमा सकारात्मकता देखिन सक्छ । तर दिनभरि असन्तुष्टि र चिडचिडेपना बढ्ने छ । परिस्थितिमा क्रमशः सुधार आउने छ । सामाजिक काममा मन जाने छैन । बन्दव्यापारका लागि समय दिन सकिंदैन । लामो दूरीको यात्रा हानीकारक हुनसक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुने दिन हो । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा र सम्मान पाइने छ । ठूलाबडाको साथसहयोग पाइने छ । कामको दायित्व थपिने सम्भावना छ । नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– उपलब्धीमूलक र रमणीय यात्राको सम्भावना छ । तपाईंका बानीब्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । साँझ परिवारमा रमाइलो जमघट हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– प्रेममा सफलता प्राप्त हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउने छन । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । घरायसी प्रयोजनका र भोगविलाससँग सम्बद्ध सामाग्रीको किनमेल गरिने छ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । स्वास्थ्य राम्रो रहने छ । रात छिप्पिंदै जाँदा के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउने छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना छ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– मानसम्मानमा बृद्धि हुनेछ । आज मुखमा सरस्वतीको बास भएको दिन हो, महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन । सहयोगीहरूले साथ दिनेछन । अपराह्नपछि निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– घरपरिवारमा आनन्दको वातावरण सिर्जना हुनेछ । स्वास्थ्य सबल रहने छ । शरीर फुर्तिलो रहने छ । चिताएका काम बन्नेछन । प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन देखिने छ । मान्यजन र अभिभावक वर्गबाट आशीर्वाद र सुझाव प्राप्त हुनेछ । घरपरिवारमा खुसीको वातावरण आउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
मौसम विश्लेषण :- उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।
हालको मौसमको अवस्था : – हाल गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो :– लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
आज राती :- लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ।देशका बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
मंसिर १४ गते आईतबार देखि मंसिर २० गतेसम्मको साप्ताहिक राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :– हप्ताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुँनेछ । सवारि साधन तथा अन्य भौतिक सम्पतिहरु लाभ हुँनेछ । पढाई लेखाईमा सुधार हुँने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउँनेछ । राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुका लागि समय उत्तम रहेकोछ । नयाँ ठाउँबाट प्रेम प्रश्ताब आउँने तथा पुराना प्रेम सम्बन्धहरुलाई बिबाहमा परिणत गर्ने सहमति जुट्नेछ । मंगलबार दिउँसोबाट बिहिबार सम्मको समय मध्ययम रहेकोले सरकारी सेवामा रहि काम गर्नेहरुले नियम सँगत काम नगर्दा दण्ड तथा जरिवाना तिुर्ने पर्ने हुँन सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला औषधि उपतार खर्च बढेर जाने योग रहेकोछ । तापनि बैदेशिक व्यापार फस्टाएर जानेछ भने लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) :– बृष राशि हुँने हरुका लागि यो हप्ता मध्ययम समय रहेकोछ । जानकारिको अभावले कामहरु बिग्रनेछ भने आलोचनाको शिकार होईनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यहि बेलामा व्यापार व्यावसायमा मन्दि आउनेछ । आम्दानि भन्दा खर्च अधिक हुने हुनाले रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो पर्नेछ । पढ्ने लेख्ने काममा खासै मन नजादा हरुभन्दा पछि परिनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मान पाउने योग टरेर जानेछ । प्राकृतिक स्रोत साधन तथा पैत्रिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला बिवादमा फस्ने योग रहेकोछ । हप्ताको अन्ततिर स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ । तापनि विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ । कुटनिति तथा पराराष्ट्र सँग सम्बन्धित क्षेत्रमा काम गर्नेहरुका लागि समयले साथ दिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :– हप्ताको शुरु र अन्तको समय उत्तम रहेकोले आकस्मिक धन सम्पति प्राप्त हुँनेछ भने नसोचेका सम्पति हात लाग्ने योग रहेकोछ । समस्याहरुको सजिलै समाधान गरि उपलब्धिमुक कामहरु गर्न सकिनेछ । अध्ययन अनुशन्धानमा सोचेभन्दा राम्रो प्रगति हुँने तथा नयाँ कुरा पत्ता लगाउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि बाट भनेजस्तो प्रतिफल प्राप्त हुँनेछ । धार्मिक क्षेत्र तथा मन्दिरतिरको यात्राको तय गर्न सकिनेछ । मंगलबार दिउँसोबाट बिहिबार सम्मको समय मध्ययम रहेकोले कार्य क्षेत्रमा अरुको नकारात्मक टिका टिप्पणिले समस्या पैदा हुँनेछ भने खुट्टा तान्नेहरु हावि हुँनेछन् । व्यापारमा मन्दि आउँनेछ भने नोकरिमा दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेकोछ । प्रेममा नजिक हुँने समय रहेपनि एक अर्काको भावनालाई कदर गर्न नसक्दा टाडिनु पर्ने बाध्यता आउँनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :– हप्ताको शुरु र अन्तको समय मध्ययम रहेकोले आफन्त तथा दिदि बहिनि सँग साना कुरामा राय बाजिनेछ भने घमण्ड गर्ने बानिले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलिमा रुखोपना बढि आउँने हुदा आफन्त तथा साथिभाईहरु टाडिनेछन् । भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुँनेछ । नसोचेको धन तथा सम्पति प्रयोग गर्न पाईने हुदा मन प्रशन्न रहनेछ । मंगलबार दिउँसोबाट बिहिबार सम्मको समय उत्तम रहेकोले कल्याणकारि तथा तारिफयोग्ग काम गरि चर्चामा आउँन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरु बन्नेछन् । धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जाने हुँनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुँनेछ । दाजुभाई तथा जीवन साथि सँगको सम्बन्ध थप सुदृड हुँनेछ । लेखन कलाको माध्ययबाट आफ्ना बिचारहरु मनमानसमा लैजान सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ भने सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । सरकारि तथा प्रशासनिक कामहरु गर्दा ध्यान दिनुहोला दण्ड जरिवाना तिर्नुपर्ने हुँन सक्छ । आफन्त तथा चेलि माईति बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । हप्ताको अन्त तथा शुक्रबार र शनिबारको समय उत्तम रहेकोले समयले साथ दिने हुँदा सानो प्रयत्नले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । धर्म तथा धर्म बिश्तारको लागि समय दिनु पर्नेछ भने सस्कार परिवर्तनमा तपाईको भुमिका महत्वपुर्ण हुँनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । प्रशासनिक क्षेत्रमा तपाईको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) :- समय मध्ययम रहेकोले मौषमि रोगको प्रकोपले समस्या निम्त्याउनेछ भने हाड जोर्निहरुमा समस्या आउँन सक्छ ध्यान दिनुहोला । सवारि चलाउदा ख्याल गनुहोला चोटपटक तथा दुर्घटना हुँने योग रहेकोछ । कुनै पनि विवादित बिषयमा सामेल नहुँनु नै राम्रो रहेकोछ भने न्ययिक निर्णयहरु तपाईको पक्षमा आउँने छैनन् । प्रेममा रमाउँने हरुका लागि केहि मनमुटावको सिर्जना भएपनि अन्तत एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । समयको अध्ययन नगर्दा रोग,ऋण तथा संकटको सामना गर्ने पर्ने हुँन सक्छ । व्यापार व्यावसायमा अलि बढि समय दिन सके प्रशस्त आम्दानि हुँनेछ । अध्ययन अध्यापनमा भने मेहनेत गरे अनुशारको फल प्राप्त हुँनेछ । आफन्तत तथा अग्रजहरुको सकारात्मक सल्लाहलाई आम्तसाथ गर्दै अगाडि बढ्नु होला गन्तव्य पहिल्याउँन सहज हुँनेछ । हप्ताको अन्तमा लामो दुरिको यात्रा हुँनेछ भने नसोचेको धन तथा सम्पति हात लाग्ने योग रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त) :- हप्ताको शुरु र अन्तको समय उत्तम रहेकोले आफ्नो ज्ञानलाई सहि समयमा प्रयोग गर्न सकिने हुदा चुनौति पन्छाएर काम बनाउँन सकिनेछ । बौद्धिकताको प्रतिष्पर्धामा तपाईकै जित हुँनेछ भने भनेजस्तो पारिश्रमिक पाउँदा मन प्रफुल्लित हुँनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति पाउने योग रहेकोछ । शिक्षा तथा शिक्षा पेशाबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सहज मार्गमा बित्नेछ । आर्थिक स्थिति मजभुत हुने तथा व्यापार व्यावासायमा मनग्गे आम्दानि हुनेछ । लामो दुरिको मनोरञ्जानात्मक यात्राको तय गरि भरपुर रमाउन सकिनेछ । भौतक बस्तु तथा बिलाशि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । मंगलबार दिउँसोबाट बिहिबार सम्मको समय मध्ययम रहेकोले कुनै पनि विवादमा सामेल नहुनुहोला तपाईको पक्षमा फैसला नहुँन सक्छ । आफन्त तथा अग्रज सँग सन्तुलित व्यावहार गर्नुहोला अनाबश्यक विवाद हुँने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) :– आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाईने हुँनाले सुधारात्मक काम गर्न सहयोग हुँनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानि हुँनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुसि हुनेछन् । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले राज्यबाट पद प्राप्तीको गतिलो योग रहेकोछ । सवारि साधनको व्यापार व्यावसाय सुरु गर्दा भनेजस्तो नाँफा कमाउँन सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुँनाले आफन्त हरु खुसि हुँनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुँनेछ । हप्ताको अन्ततिर समय मध्ययम रहेकोले मुद्दा मामिला तथा यस्तै क्रियाकलापमा सामेल नहुँनु नै राम्रो रहेकोछ । आफन्त तथा कुटुम्बसँग मनमुटाब बढ्ने योग रहेकोछ । सत्रुहरुले टाउको उठाउँन खोज्नेछन् ध्यान दिनुहोला । तपाईको कामबाट अरुले फाईदा लिन खोज्नेछन् ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- सोमबार सम्मको समय मध्ययम रहेकोले पारिवारिक असमझ्दारिले कामहरु गर्न केहि कठिनाई हुनेछ भने दाजुभाई सँग बिवाद बढ्ने योग रहेकोछ । कुनै पनि काम गर्नको लागि गरिने यात्रा कष्टप्रद हुन सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । मंगलबारबाट समय उत्तम रहेकोले मेहनेतले प्रतिष्ठित काम गर्ने अवसर जुराउँनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन तथा सम्पति कमाउँन सकिनेछ राजनिति तथा समाजसेवामा समय व्यातित गर्नेहरुका लागि समयले साथ दिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम एक कदम अगाडि आउनेछ । सन्तान तथा छोराछोरिले प्रगति गर्ने हुनाले मन प्रशन्न रहनेछ । शेयर बजार तथा बैकिङ क्षेत्रमा गरेको लगानिबाट भनेजस्तो आम्दानि हुँनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने जीवन साथिले तपाईको काममा सहयोग गर्ने हुदा समयमानै काम सकाउन सकिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :– व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउँन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ । समयमा कामहरु सम्पन्न हुँने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानि गर्दापनि सकारात्मक नतिजा हात लागि हुँने ग्रहयोग रहेकोछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । गीत संगित तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् । कामहरु समयमा नै सम्पन्न हुँने हुँनाले थप काम गर्न जोस जागर बढेर आउँनेछ । तापनि यात्रा गर्दा ध्यान दिनुहोला गन्तव्य पहिल्याउँन गाह्रो पर्नेछ । दाजुभाई सँग सानो सानो कुरामा विवाद हुँने तथा आमा सँग टाडिएर लामो दुरिको यात्रा हुँनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक अवस्था सुदृड हुँनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :– प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुँनेछन् । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ । आफन्त साथिभाई तथा कुटुम्बबाट आउँने सुखद समाचारले मन प्रशन्न हुँनेछ । व्यावसाय फस्टाएर जानेछ भने बिशेष गरि होटल तथा रेष्टुरेन्टमा लगानि गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिने समय रहेकोछ । शुक्रबार तथा शनिबारको समय मध्ययम रहेकोले आफन्त तथा दाजुभाईबाट तपाईको काममा सहयोग नहुँने योग रहेकोछ । यात्रा गर्दा ख्याल गर्नुहोला कष्टकर पनि हुँन सक्छ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँन सक्छ ध्यान दिनुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :– आईतबारदेखि मंगलबार बिहान सम्मको समय मध्ययम रहेकोले काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिर्नु पर्ने हुँन सक्छ । स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जाने योग रहेकोछ । मंगलबार दिउँसोबाट समय उत्तम रहेकोले साना तिना समस्या देखिएपनि लगनशिल भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेकोछ । पढाई लेखाईमा सुधार हुँने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । आफन्त तथा जीवन साथिको सहयोगले ठुला तथा उपलब्धिमुलक काम गर्न सकिनेछ । मानव निर्मित तथा भौतिक साधनहरु प्राप्तीको योग रहेकोछ । व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । कलात्मक तथा रचनात्मक काम सुरु गरि भविश्यमा आयस्रोतका बाटाहरु सुरक्षित गर्न सकिनेछ । राजनिति कर्मीहरुका लागि समय फलदायि रहेकोले पद प्राप्तीको गतिलो योग रहेकोछ ।
तपाईको साप्ताह शुभ रहोस ।