शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

धोनीको एक रनको मू ल्य साढे ७ लाख

शनिवार , कार्तिक २९, २०७७

 

काठमाडौं, २९ कार्तिक–आएपिएल इ तिहासकै दोस्रो सबैभन्दा सफल टिम चेन्नइ सुपर किं ग्स पहिलो पटक यो सिजनमा प्लेअफ पु ग्न स केन । टिम पहिलो पटक फ्ल प भयो जबकि टिमको नेतृत्व भारतकै सबैभन्दा स फल कप्तान महेन्द्र सिंह धोनीको हातमा थियो । यो सि जन धोनी आफैं सबैभन्दा म हंगा ब्या ट्सम्यानको सू चीमा परेका छन् । उनको ब्या टबाट रन नि स्किएन तर टिमले उनलाई म हंगो मूल्य तिरेको थियो । यस सिजन सबैभन्दा म हंगा ६ ब्याट्सम्यानको सूचीमा ५ जना कप्तान परेका छन् । यीमध्ये पनि धोनी सबैभन्दा म हंगा परेका छन् ।

धोनीले यो सिजन १४ खेल खेले जसमा २५ को औ सतमा केवल २०० रन बनाए । उनले पहिलो पटक आइपिएल खेलिरहेका ऋतुराज गायकवाडको भन्दा पनि ख राब प्रदर्शन गरे । चेन्नइकै ऋतुराजले केवल ६ खेलमा २०४ रन बनाएका छन् । चेन्नइले ऋतुराजलाई केवल २० लाखमा किनेको थियो ।

सिजनमा म हंगो मूल्यका ब्याट्सम्यानमध्ये टिमले डे भिड वार्नरको भने पैसा असुल्यो । साढे १२ करोडमा सनराइजर्स हैदराबादले वार्नरलाई किनेको थियो । वार्नरले १६ खेलमा ५४८ रन बनाए । व्य क्तिगत प्रदर्शनलाई न हेर्ने हो भने सबैभन्दा सफल कप्तान रोहित शर्मा रहे । उनले आफ्नो टिमलाई पाँचौं आइपिएल उ पाधि दिलाए ।

यो सिजन महेन्द्र सिंह धोनी सबैभन्दा म हंगा ब्याट्सम्यान भए । १४ खेलमा २०० रन बनाएका धोनीको एक रनको मूल्य साढे ७ लाख पर्न गयो । उनलाई भे न्नइले १५ करोडमा किनेको थियो । १७ करोडका विराट कोहलीले १५ खेलमा ४६६ रन बनाए । उनको एक रनको मूल्य ३.६४ लाख प र्यो ।

महेन्द्रसिंह धोनी बने सर्वाधिक आइपिएल खेल्ने खेलाडी

एजेन्सी, – चेन्नई सुपर किंग्सका कप्तान तथा वि केट कि पर महेन्द्रसिंह धोनी इन्डियन प्रिमियर लिग (आइपिएल) सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् ।

धोनीले चेन्नई सुपर किंग्सका ब्याट्सम्यान सुरेश रैनालाई पछि पर्दै शुक्रबार सनराइजर्स हैदराबादबिरुद्ध यस उपलब्धी हात पारेका हुन् । धोनीले आइपिएलमा कुल १ सय ९४ खेल खेलेका छन् । रैनाले १ सय ९३ खेल खेलेका छन् । रैना जारी सिजन पारिवारिक कारण नखेलेपछि धोनी सर्वाधिक खेल खेल्ने खेलाडी बनेका हुन् ।

धोनीले चेन्नईबाट ११ संस्करण कप्तानको रुपमा खेले । सन् २०१६ र २०१७ मा चेन्नई प्रतिबन्धमा परेपछि धोनीले राइजिङ पुणे सुपरजाइन्टबाट खेलेका थिए । धोनीले १ सय ६४ खेल चेन्नई र ३० खेले सुपरजाइन्टबाट खेलेका हुन् । सन् २००७ मा भारतलाई टि२० विश्वकप उपाधि जिताएका धोनी चेन्नईको पहिलो संस्करण देखिनै कप्तानी गर्दै गर्दै आएका छन् ।

धोनीले आफ्नो कप्तानीमा चेन्नईलाई तीन पटक उपाधि जिताएका छन् भने हालसम्म लिग चरणबाट बाहिरिनु परेको छैन । धोनीले १ सय ९४ खेलमा ४ हजार ५ सय २३ रन बनाएका छन् । जसमा उत्कृष्ट प्रर्दशन ८४ रनमा अविजित छ । आइपिएलमा धोनीले प्रया: ७ नम्बरमा बढी ब्याटिङ गर्दै उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।

आइपिएल सर्वाधिक खेल खेल्ने दोस्रो खेलाडी रैनाले ५ हजार ३ सय ६८ रन बनाएका छन् । उत्कृष्ट प्रर्दशन एक सय रन अविजित छ । तेस्रो स्थानमा रहेका मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले कुल १ सय ९२ खेल खेलेका छन् । रोहितले चार पटक आइपिएल उपाधि जितेका छन् ।

रोहितले आइपिएलमा ५ हजार ६८ रन बनाई सकेका छन् । १ सय रनमा अविजित उनको उच्च प्रर्दशन हो । कोलकाता कप्तान दिनेश कार्तिक १ सय ८५ खेल खेलेका छन् । दिनेशले ३ हजार ६ सय ८५ रन बनाएका छन् । उच्च प्रर्दशन ९७ रनमा अविजित छ ।

विराट कोहली र रोविन उथप्पाले समान १ सय ८० खेल खेलेका छन् । हालसम्म उपाधि जित्न नसकेका कोहली आइपिएलमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । कोहलीले ५ हजार ४ सय ३० रन बनाई सकेका छन् । पाँच शतक प्रहार गरेका कोहलीको उच्च प्रर्दशन १ सय १३ रन हो ।

उथप्पाले ४ हजार ४ सय २७ रन बनाएका छन् । उच्च प्रर्दशन ८७ रन छ । रविन्द्र जडेजा र युसुफ पठानले समान १ सय ७४ रन खेले खेलेका छन् । शिखर धवनले १ सय ६२ र पियुष चवलाले १ सय ६१ खेल खेलेका छन् ।

१५ करोडका रोहित शर्माले १५ खेलमा २६४ रन बनाए । उनको एक रनको मूल्य ५.६८ लाख पर्यो । १५ करोडकै ऋषभ पन्तले १६ खेलमा २८७ रन बनाए । उनको एक रनको मूल्य ५.२३ लाख पर्यो । साढे १२ करोडका स्टिभ स्मिथले १४ खेलमा ३४४ रन बनाए । उनको एक रनको मूल्य ३.६३ लाख पर्यो । साढे १२ करोडकै डेभिड वार्नरले भने १६ खेलमा ५४८ रन बनाए । उनको एक रनको मूल्य २.२८ लाख पर्यो ।

सबैभन्दा आश्चर्यजनक कुरा किंग्स ११ पंजाबका अलराउण्डर ग्लेन म्याक्सवेलको प्रदर्शन रह्यो । १०.७५ करोड मूल्यका म्याक्सवेलले १३ खेलमा केवल १०८ रन बनाए र ३ विकेट लिए । उत्कृष्ट टि–२० ब्याट्सम्यान मानिने म्याक्सवेलको एक रनको मूल्य ९.९५ लाख रुपैयाँ पर्यो । उनको एक विकेटको मूल्य ३.५८ करोड पर्न गयो ।

सबैभन्दा अचम्मको कुरा त म्याक्सवेलले १३ खेलमा एउटा पनि छक्का हान्न सकेनन् । इङल्याण्डका विश्वकप विजेता बेन स्टोक्सको मूल्य १२.५ करोड हो । सिजनको बीचमा खेल्न सुरु गरेका स्टोक्सले ८ खेलमा केवल २ विकेट लिन सके । उनको एक विकेटको मूल्य ६.२५ करोड पर्यो । उनले ब्याटिङतर्फ भने २८५ रन बनाए । यस क्रममा उनले मुम्बइविरुद्ध शतक पनि बनाए ।

आइपीएलको उपाधि जितेको मुम्बईले पायो २० करोड

काठमाडौँ, – आइपीएलको १३ औं सिजनको फाइनलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराएर रेकर्डस्तरको पाँचौं पटक उपाधि जित्यो । यससँगै मुम्बईले ट्रफीसँगै २० करोड भारु र दिल्लीले १२.५० करोड भारुको नगद पुरस्कार पायो । रनरअपको नगद पुरस्कार खेलका सबैभन्दा महँगा खेलाडी विराट कोहलीले पाउने रकमभन्दा क म छ । बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डियाले यो वर्षको नगद पुरस्कारलाई आधा गर्ने निर्णय गरेको थियो जुन पछि फेरिएको थियो ।

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) का कप्तान विराट कोहलीलाई फ्रेन्चाइजीले एक सिजनका लागि १७ करोड भारु दिन्छ । यद्यपि, सीजनको ली लामीमा अष्ट्रेलियाली तेज बलर पेट कमिन्स सबैभन्दा महँगा १५.५ करोड भारुमा बिकेका थिए । उनलाई कोलकाता नाइट राइडर्सले खरिद गरेको थियो । कमिन्स सबैभन्दा म हँगा विदेशी खेलाडी पनि हुन् ।

दिल्ली र मुम्बई टिममा १५–१५ करोडपति खेलाडीः

दिल्ली टिममा मुम्बईको तुलनामा ६.७ प्रतिशत बढी करोडपति खेलाडी रहे । यसमा ऋषभ पन्तलाई सबैभन्दा बढी १५ करोड भारु दिइयो । यो सिजनमा तीन टिम छन् जसमा १५ खेलाडीको मूल्य एक करोड वा सोभन्दा बढी छ । यसमा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलुरु समावेश छन् ।

आईपीएलमा सन्दीपको प्रतिक्षा !

काठमाडौँ , – सन् २०१८ मे १२ को दिन, इण्डियन प्रिमियर लिग (आईपीएल) मार्फत विश्वले नेपाली एक ठिटोको प्रशंसा गरेको थियो ।

रोयल च्यालेंजर्स बैंगलोरवि रुद्ध १८ वर्षको उमेरमा टी ट्वान्टी क्रिकेटमा डेब्यु गर्दै विश्व क्रिकेटमा आफ्नो आगमनको ढोका खोल्ने सन्दीप लामिछाने थिए ।

त्यसयता, विश्वका सबै ठुला भनिएका फ्रेन्चाइज लिगमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका सन्दीप नेपालको ग्लोबल आइकनको रुपमा स्थापित बने । जुनै फ्रेन्चाइज लिग खेल्न जान्छन्, ती टिमका मुख्य खेलाडी जस्तै बनेका छन् सन्दीप । कतिपय फ्रेन्चाइज लिगमा उनी टिमको मार्की खेलाडी समेत रहिसकेका छन् ।

तर लगातार तेस्रो पटक आईपीएल खेल्न दुबईमा रहेका सन्दीपको यसपटक लामो प्रतिक्षामा प्रतियोगिता बि त्दै आएको छ ।

प्रतियोगितामा उनको टिम दिल्ली क्यापिटल्सले लिग चरणको १३ खेल खेलिसक्दा समेत सन्दीप बेन्चमा सिमित छन् ।

सन्दीपले कुनै प्रतियोगिता खेल्न तथा मैदान उत्रन सर्वाधिक प्रतिक्षा गर्नु परेको यसै पटक हो ।

आईपीएल बाहेक अन्य कुनै प्रतियोगितामा सन्दीप टिमका परिपुरक जस्तै छन् । तर विश्वको चर्चित लिग आईपीएलमा विश्वका हस्ती समेत बेन्चमा रहँदै आएका छन् । तर नेपाली समर्थक र सन्दीपको लागि यो आईपीएल निकै निरासामा बित्दै आएको छ । दिल्लीको हरेक खेलमा सन्दीप मैदान उत्रने आशा गर्ने नेपाली समर्थकलाई निराश भएर खेल हेर्ने बानी पर्न थालेको छ ।

कुनै पनि विदेशी लिगमा सन्दीप पहिलो रोजाइका स्पिनर रहँदै आएका छन् । यस्तै दुई संस्करणको आईपीएल खेल्दा समेत सन्दीपले यसपटकको जस्तो प्रतिक्षा गर्नु परेको थिएन । डेब्यु संस्करण उनले ११ खेल पश्चात मैदान उत्रने मौका पाएका थिए ।

सो संस्करणको ४५ औं खेलमा खेल्ने मौका पाएका सन्दीपले बाँकी सबै खेलमा स्थान बनाउन सफल भएका थिए ।

डेब्यु सिजन सन्दीपले ३ खेलमा ५ विकेट लिन सफल भएका थिए ।

लगातार १३ खेल खेल्दै ३ जित मात्र हात पारेको दिल्ली प्रतियोगिताबाट बाहिरिएपछि सन्दीपलाई मैदान उतारेको थियो ।

सन्दीप बिना ११ खेलमा ३ जित हात पारेको दिल्ली सन्दीपको आगमन पछि ३ खेलमा २ जित निकालेको थियो ।

सो सिजन दिल्ली तालिकाको पुछारमा सिमित बनेको थियो ।

दोस्रो पटक आईपीएलमा उनले पहिलो दुई खेलमा मात्र बेन्चमा रहनु पर्यो । तेस्रो खेलदेखि लगातार ४ खेलमा प्लेइङ ११ मा स्थान पाउँदा सन्दीपले अघिल्लो सिजन भन्दा दोब्बर, ६ खेल खेल्ने मौका पाए । प्लेअफ पुग्दै फाइनलको नजिकबाट दिल्ली बाहिरिंदा सन्दीपले ६ खेलमा ८ विकेट हात पारेका थिए ।

तर लयमा रहेका सन्दीप यसपटकको सिजन लामो प्रतिक्षामा बितेको छ । कतै यो सिजन उनी बेन्चमै सिमित हुने त हैनन् भन्ने शंका समेत उब्जिएको छ । डबल राउण्ड रोबिनको आधारमा चल्ने आईपीएलमा उनको टिमले एक खेल खेल्न बाँकी छ ।

दिल्ली १३ खेलमा ७ जित हात पार्दै १४ अंकका साथ तेस्रो स्थानमा छ । दिल्लीले प्लेअफमा स्थान बनाउन जितको विकल्प छैन ।

अझ उसलाई प्लेअफमा पुग्न गणितीय हिसाबमा समेत भर पर्नु पर्ने हुन्छ । प्लेअफ पुग्न नसके सन्दीपको टिमको यस सिजन बैंगलोरविरुद्धको खेल अन्तिम हुनेछ ।

उपाधि दाबेदार मानिएको दिल्ली पछिल्लो खेलमा खराब प्रदर्शन गर्दै प्लेअफको लागि संघर्ष गरिरहेको छ ।

वेष्ट इण्डिजको क्यारेबियन प्रिमियर लिगमा किफायती प्रदर्शन गर्दै दुबई पुगेका सन्दीप मैदान उत्रन निकै आतुर छन् ।

लिगमा १० खेलमा बलिङ गर्दै १२ विकेट लिन सफल सन्दीप आफ्नो टिमको सर्वाधिक विकेट लिने दोस्रो खेलाडी थिए ।

लगत्तै आईपीएल रहेको कारण राम्रो लयमा देखिएका सन्दीपले धेरै खेलमा मौका पाउने अनुमान र विश्वास गरिएको थियो । तर दिल्लीको प्लेइङ सेटले सबैको विश्वास र अनुमान गलत साबित गरिदियो ।

आईपीएलमा सन्दीपको टिममा भेट्रान स्पिनर रबिचन्द्रन आश्विन, अक्षर पटेल, अमित मिश्रा जस्ता स्पिनर रहेका कारण मैदान उत्रने मौका पाएका छैनन् । दिल्लीको पहिलो रोजाइका स्पिनर अमित तथा आश्विन घाइते हुँदा समेत सन्दीपले प्लेइङ ११ मा स्थान नपाउँदा नेपाली समर्थक निकै निराश थिए ।

दिल्लीलाई प्ले अफ पुग्न बाँकी रहेको एक खेल निकै महत्वपूर्ण रहेको कारण सो खेलमा समेत सन्दीप मैदान उत्रने सम्भावना निकै कम देखिन्छ ।

सन्दिपलाई भारतको राष्ट्रिय टिमबाट खेलाउनुपर्छः गावस्कर

काठमाडौं, – भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा दिग्गज ब्या ट्सम्यान सुनील गावस्करले नेपाली लेगस्पिनर सन्दिप लामिछानेलाई भारतको राष्ट्रिय टिमबाट खेल्ने अवसर दिइनुपर्ने बताएका छन् । भारतीय च्यानल ‘स्पोर्टस तक’सँग यूएइमा सुरु हुन लागेको आ इपिएलबारे कुरा गर्दै गावस्करले यस्तो धारणा राखेका हुन् ।

यदि इङल्याण्डले स्कटल्याण्ड र आयरल्याण्डका खेलाडीहरुलाई आफ्नो टिमबाट खेलाउन सक्छ भने भारतले लामिछानेजस्तै नेपाली खेलाडीहरुलाई आफ्नो टिममा समावेश गर्नेतर्फ पहल गर्नुपर्ने बताए । उनले अहिले नै यो कुरा मजाक जस्तो लागे पनि भविष्यमा यस्ता विषयमा सो च्नुपर्नेमा जोड दिए । गावस्करले लामिछाने राम्रो खेलाडी भएको बताउँदै उनले भारतीय रं गमा अझै राम्रो गर्न सक्ने पनि बताए । सन्दिप आइपिएलमा दिल्ली क्यापिटल्सबाट खेल्दैछन् ।

यस सि जनको आइपिएलमा सन्दिपको स्थानबारे कुरा गर्दै गावस्करले उनी यो सिजन दिल्लीका दिग्गज स्पिनर अमित मिश्राभन्दा अगाडि प्लेइङ ११ मा पर्नुपर्ने धारणा राखे । सन्दिपको प्रशंशा गर्दै गावस्करले उनी निकै राम्रोसँग सिक्न सक्ने खेलाडी भएको र आफ्नो अगाडि आएका अ नुभवबाट उनले आफूलाई निकै राम्रो बनाउँदै लगेको बताए । गएको सिजन आइपिएलमा सन्दिपले ८ खेलमा १७.२५ को स्ट्राइक रेटमा ८ विकेट लिएका थिए ।

केकेआर वि रुद्ध सन्दीपको सम्भावना कति ?

काठमाडौं, – नेपाली लेगस्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले आईपीएल २०२० मा शनिबार आफ्नो चौथो म्याच खेल्दै छ । दिल्लीले चौथो म्याच कोलकाता नाइट राइडर्स (केकेआर)वि रुद्ध खेल्न लागेको हो ।

केकेआर र दिल्लीबीचको खेल साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ । पछिल्लो पाँच म्याचमा केकेआर वि रुद्ध दिल्ली ३ खेलमा विजयी भएको छ । तीनमध्ये एक खेलमा दिल्लीले केकआरलाई ‘सुपर ओभर’मा ह राएको थियो ।

जारी सिजनमा तीन म्याच खेल्दा दुबै टिमले समान २ मा जित र एक खेलमा हा रको सामना गरेका छन् । यो संस्करणको आईपीएलमा पनि दिल्ली श्रेयस अय्यर र केकेआरमा दिनेश कार्तिक कप्तान छन् ।

दिल्लीले तेस्रो खेलसम्म चार विदेशीलाई निरन्तरता दिइरहेको थियो । तर, प्रदर्शनका हिसवाले भने रबाडा र स्टोइनिसले मात्र आफूलाई प्रमाणित गरेका छन् । रबाडाले उत्कृष्ट बलिङ गरिरहेका छन् । स्टोइनिसले आवश्यक परेका बेला ब्याट र बल दुवैमा राम्रो गरिरहेका छन् ।

फास्ट बलर एनरिक नोर्किए र ब्याट्सम्यान शिमरोन हेटमायरले सोचे अनुसारको प्र दर्शन देखाउन सकेका छैनन् । मध्यक्रममा ब्याटिङ गर्ने हेटमायरले सीपीएलको प्रदर्शन दोहोर्‍याउन न सक्दा दिल्लीलाई घा टा भएको छ ।

दिल्लीले ब्याटिङ अर्डरमा केही परिवर्तन गरेको खण्डमा र विदेशी खेलाडीको व्या पक परिवर्तन गर्दा सन्दीपको पालो आउन सक्छ । अघिल्लो खेलमा हैदरावादसँग प राजित हुँदा विदेशी खेलाडीमध्ये रबाडाले मात्र राम्रो प्रदर्शन गरेका थिए ।

यस्तै, नोर्कियाको प्रदर्शन राम्रो हुन स केन । यदी दिल्लीले उनलाई वि श्राम दिएमा सन्दीपको सम्भावना हुन सक्नेछ । हुनत यसअघिका दुई संस्करणमा पनि सन्दीपले सुरुवाती खेलहरू बेन्चमा बसेर हेरेका थिए ।

पहिलो संस्करणमा उनले दिल्ली प्रतियोगिताबाट बाहिरिएपछिका ३ खेलमा मौका पाएका थिए । यसपटक वेस्ट इन्डिजको लिगमा राम्रो प्रदर्शन गरेकाले आईपीएलमा पहिलो खेलबाटै सन्दीपले खेल्न सक्ने भारतीय मिडियाको पनि अनुमान गरेका थिए । तर, यो सत्य सावित हुन सकेन ।

आईपीएलमा विदेशी खेलाडीको कोटा

आईपीएलमा प्रत्येक टिमले बढीमा ८ जनासम्म विदेशी खेलाडी आफ्नो टिममा राख्न पाउँछन् । त्यसमध्ये बढीमा चार विदेशी खेलाडी एकै पटक मैदानमा उतार्न पाउँछ । टिममा ब्याटिङ र बलिङको स न्तुलन मिलाउने गरी विदेशी खेलाडी प्लेइङ सेटमा राख्ने गरिन्छ ।

दिल्लीमा पनि विदेशी खेलाडी ८ जना छन् । जसमध्ये चार खेलाडीले मात्र एकै पटक खेल्न पाउँछन् । सुरुवाती तीन खेलमा दिल्लीले दक्षिण अअफ्रिकन फास्टबलरद्वय रबाडा र नोर्किएका साथमा अष्ट्रेलियन अलराउण्डर स्टोइनिस र वेष्टइन्डिजका ब्याट्सम्यान हेटमायरलाई खेलाएको थियो ।

चार खेलाडीले नियमित खेल्दा सन्दीपसँगै अष्ट्रेलियाका एलेक्स क्यारी र ड्यानिएल साम्स र वेष्टइन्डियन अलराउण्डर किमो पउल बेन्चमा बसेर खेल हेरिरहेका छन् ।

दिल्लीको लागि पहिलो खेलमै डेब्यू गरेका स्टोइनिस र नोर्कियले राम्रो प्रदर्शन गरेका थिए । त्यसमा पनि कागिसो रबाडाले उत्कृष्ट बलिङ गरिरहेका छन् । टिमको फास्ट बलिङ बलियो बनाउन उनी अपरिहार्य छन् ।

तल्लोक्रममा भारतीय ब्याट्सम्यान नहुँदा अलराउण्डर कोटामा विदेशी खेलाडी खेलाउनुपर्ने बाध्यता छ । जसले गर्दा हेटमायर र स्टोइनिसले अवसर पाएका छन् ।

स्टोइनिसले पहिलो खेलदेखि नै आफूलाई प्रमाणित गरेका छन् तर हेटमायरले भने राम्रो खेल्न सकेका छैन । हेटमायरको सट्टा अर्को विदेशी खेलाउँदा ब्याट्सम्यान नै खेलाउनुपर्ने हुनेछ वा भारतीय राम्रो अलराउण्डर चाहिनेछ ।

प्रतिक्रिया