काठमाडौँ ,७ कार्तिक – नेपाली फूटबल फ्यानहरुले अन्तर्राष्ट्रिय ट्रान्सफर वि न्डोमा स्टार खेलाडीहरुको कि न बे च भएको बारे देख्ने गर्छन र सो समाचारहरुमा खेलाडीको मूल्य, रिलिज क्लज र अरु धेरै कुराको च र्चा हुने गर्छ तर धेरैलाई नेपाली फुटबल खेलाडीहरुको ब जार मू ल्य सो वि न्डोमा कति हुने छ भनेर थाहा नहुन सक्छ।
नेपालमा खेलाडीको मू ल्यांकनको धेरै कुरा हुने गरेको छैन तर अ न्तर्राष्ट्रिय फुटबल वे बसाइट transfermarktले नेपाली फुटबल खेलाडीहरुको मूल्यांकन पनि आफ्नो वे बसाइट राखेको छ र नेपम्याग स्पोर्ट्सले transfermarkt.comको मद्दतमा नेपाली खेलाडीहरुको अन्तर्राष्ट्रिय बजार मूल्यको सुची बनाएको छ जुन तल हेर्न सक्नु हुने छ।
हालको राष्ट्रिय टोलीका खेलाडीहरुको मूल्यांकन:-
Nawayug Shrestha (Nepal Army Club)- €25,000
Bharat Khawas (Nepal Army Club)- €25,000
Abhishek Rijal (Mohammedan SC)- €25,000
Sunil Bal (Chyasal Youth Club)- €25,000
Tej Tamang (Nepal Police Club)- €25,000
Bikram Lama (Three Star Club)- €25,000
Mikchhen Tamang (Three Star Club)- €25,000
Suvash Gurung (Sankata Club)- €25,000
Ajit Bhandari (Nepal Police Club)- €25,000
Suman Aryal (Nepal Army Club)- €25,000
Saroj Dahal (Sankata Club)- €25,000
Ranjit Dhimal (Machhindra Football Club)- €25,000
Bikesh Kuthu (Nepal Army Club)- €25,000
Bikram Lama (Three Star Club)- €25,000
Bishal Shrestha (Machhindra Football Club)- €25,000
Ravi Paswan (Nepal Police Club)- €50,000
Devendra Tamang (Machhindra Football Club)- €50,000
Ananta Tamang (Three Star Club)- €50,000
Sujal Shrestha (Machhindra Football Club)- €50,000
Kiran Chemjong (Punjab FC) €125,000
Rohit Chand (Persija Jakarta) €275,000
राष्ट्रिय टोलीका बाहिरका खेलाडीहरुको मूल्यांकन:-
Bimal Magar (Machhindra Football Club)- €75,000
Anjan Bista (Manang Marsyangdi Club)- €50,000
Dinesh Rajbanshi (Chyasal Youth Club)- €50,000
Santosh Tamang (Nepal Army Club)- €25,000
फिफा वरियतामा नेपाल यथावत्
विश्व फुटबल महासंघ (फिफा) को वरियतामा नेपालको स्थान यथावत् छ । कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेल नखेलेका कारण नेपालको वरियतामा फेरबदल नभएको हो ।
फिफाले आज जारी गरेको वरियतामा नेपाल १७०औँ स्थानमा कायमै छ । फिफाले यसअघि वरियताको सूची जारी गर्दा पनि नेपाल उही स्थानमा थियो । कोरोनाका कारण गत वर्ष चैतयता फुटबल प्रतियोगिता हुन पाएको छैन । नेपालले आउँदो महिना भने बङ्गलादेशसित दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।
दक्षिण एशियाली राष्ट्रका वरियतामा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अगाडि भारत १०८ औंँ स्थानमा छ । यस्तै माल्दिभ्स १५५, भुटान १८९, बङ्गलादेश एक १८७, श्रीलङ्का २०६ तथा पाकिस्तान २०० औंँ स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा भने बेल्जियम कायमै छ । फ्रान्स, ब्राजिल, बेलायत र पोर्चुगल वरियताका क्रमशः दोस्रा, तेस्रा, चौथा र पाँचौँ स्थानमा छन् ।
सन्दीप लामिछाने लंका प्रिमियर लिगमा छनोट भएनन्
श्रीलंकाको लंका प्रिमियर लिग (एलपिएल) टी-२० क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट गर्न सोमबार राति ड्राफ्ट गरिएको छ।
२०२० को पहिलो सिजनमा पाँच टिमबीच प्रतिस्पर्धा हुने एलपिएलको ड्राफ्टमा नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने छनोट हुन असफल भएका छन्।
सूचीमा नाम सामवेश भए पनि २० राउन्डसम्म चलेको ड्राफ्टमा सन्दीपलाई भित्र्याउन कुनै पनि टिमले चासो देखाएनन्।
आगामी २१ नोभेम्बरदेखि हुने तय एलपिएलमा कोलम्बो किंग्स, दम्बुला हक्स, गले ग्लाडिएटर्स, जफना स्टेलियन्स र क्यान्डी टस्कर्सबीच प्रतिस्पर्धा हुनेछ। १५ दिन चल्ने प्रतिस्पर्धामा २३ खेल हुनेछ।
सोमबार भएको ड्राफ्टमार्फत कोलम्बोमा एन्जेलो म्याथ्युज, आन्द्रे रसेल, फाप डु प्लेसिस, दिनेश चण्डीमाल लगायतका खेलाडी आबद्ध भएका छन्।
यस्तै दम्बुलामा डेभिड मिल्लर, कार्लोस ब्रेथवेट, पाउल स्टर्लिङ, उपुल थाराङ्गासहितका खेलाडी छन्।
गलेमा शाहिद अफ्रिदी, लासिद मालिङ्गा, कोलिन इग्राम आबद्ध भएका छन् भने जफनामा थिसरा परेरा, डविड मलान, शोएब मलिकसहितका खेलाडी भित्रिएका छन्।