शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सन्दीप लामिछाने लंका प्रिमियर लिगमा छनोट भएनन्

मंगलवार , कार्तिक ४, २०७७

काठमाडौं, ४ कार्तिक - श्रीलंकाको लंका प्रिमियर लिग (एलपिएल) टी-२० क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट गर्न सोमबार राति ड्राफ्ट गरिएको छ।

२०२० को पहिलो सिजनमा पाँच टिमबीच प्रतिस्पर्धा हुने एलपिएलको ड्राफ्टमा नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने छनोट हुन असफल भएका छन्।

सूचीमा नाम सामवेश भए पनि २० राउन्डसम्म चलेको ड्राफ्टमा सन्दीपलाई भित्र्याउन कुनै पनि टिमले चासो देखाएनन्।

आगामी २१ नोभेम्बरदेखि हुने तय एलपिएलमा कोलम्बो किंग्स, दम्बुला हक्स, गले ग्लाडिएटर्स, जफना स्टेलियन्स र क्यान्डी टस्कर्सबीच प्रतिस्पर्धा हुनेछ। १५ दिन चल्ने प्रतिस्पर्धामा २३ खेल हुनेछ।

सोमबार भएको ड्राफ्टमार्फत कोलम्बोमा एन्जेलो म्याथ्युज, आन्द्रे रसेल, फाप डु प्लेसिस, दिनेश चण्डीमाल लगायतका खेलाडी आबद्ध भएका छन्।

यस्तै दम्बुलामा डेभिड मिल्लर, कार्लोस ब्रेथवेट, पाउल स्टर्लिङ, उपुल थाराङ्गासहितका खेलाडी छन्।

गलेमा शाहिद अफ्रिदी, लासिद मालिङ्गा, कोलिन इग्राम आबद्ध भएका छन् भने जफनामा थिसरा परेरा, डविड मलान, शोएब मलिकसहितका खेलाडी भित्रिएका छन्।

प्रतिक्रिया