काठमाडौं २१ असोज - बुधबार देशभर ३ हजार ४३९ जना कोरोनाका सं क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका ३ हजार ४३९ सं क्रमित थपिएको जानकारी दिए। नेपालभर कोरोनाबाट सं क्रमित हुनेको संख्या ९४ हजार २५३ पुगेको छ।
हालसम्म ६८ हजार ६६८ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा १ हजार १२६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय सं क्रमितको संख्या २५ हजार ७ रहेको छ।
यस्तै आज काठमाडौं उपत्यकामा १ हजार ६८४ जना सं क्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा एक हजार २९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ जनाको मृ त्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृ त्यु हुनेको संख्या ५७८ पुगेको छ। गत २४ घण्टामा १४ हजार २०९ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार १६४ जना क्वारेन्टिनमा रहेका छन्।
नेपालभर कोरोना सं क्रमितको संख्या ९० हजार नाघ्यो
मंगलबार देशभर १ हजार ५५१ जना कोरोनाका सं क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका १ हजार ५५१ सं क्रमित थपिएको जानकारी दिए। नेपालभर कोरोनाबाट सं क्रमित हुनेको संख्या ९० हजार ८१४ पुगेको छ।
हालसम्म ६७ हजार ५४२ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा २ हजार ३४० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ।
यस्तै आज काठमाडौं उपत्यकामा १ हजार १७ जना सं क्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा ७८३ , ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ जनाको मृ त्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृ त्यु हुनेको संख्या ५६३ पुगेको छ। गत २४ घण्टामा ११ हजार ४७ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार २२१ जना क्वारेन्टिनमा रहेका छन्।