शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

दशैं अगाडि ल कडाउनको संभावना कति छ ?

बुधवार , आश्विन २१, २०७७

काठमाडौं २१ असोज -विश्वव्यापी रुपमा फैलिएको कोरोना भा इरस (को भिड १९) ले नेपालमा पनि आफ्नो क्षेत्र फ राकिलो बनाउँदै गएको छ। नेपालमा हालसम्म कोरोना सं क्रमितको संख्या ९० हजार ८ सय भन्दा बढी पुगेको छ।

जसमध्ये निको हुने ६८ हजार ५ सय भन्दा बढी छन् भने २२ हजार ७ सय भन्दा बढी सकृय सं क्रमित छन्। हालसम्ममा मृ त्यु हुनेको संख्या ५ सय ६० भन्दा माथि रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

दिनप्रतिदिन फैलिँदै गएको कोरोना आउँदै गरेको दशैको कारण झन् बढ्न सक्ने भन्दै विज्ञहरुले स तर्कता अपनाउन अनुरोध गरेका छन्। सरकारले २५ हजार भन्दा बढी सक्रिय सं क्रमित भएपछि पुनः ल कडाउन गर्ने भनेको थियो ।

कतिपयले नागरिक भने दशैंमा आवतजावत गर्दा कोरोना सं क्रमित बढ्ने भय भएकाले यो समय ल कडाउन गरिनु पर्ने तर्क गरेका छन्। मकवानपुरका हिमेश कार्कीले भने, ‘पहिला कम सं क्रमितको संख्या कम हुँदा पनि लकडाउन गरेको सरकार यती धेरै कोरोना संक्रमित बढ्दा पनि किन चुप छ?,

उनले थपे, ‘नागरिक बुझ्दैनन् दशैंमा आवतजावत गर्दा कोरोना संक्रमित बढ्न सक्छन् लकडाउन गर्नु नै उचित होला।’ पछिल्लो समय उपत्यकामा कोरोना सं क्रमित भयावह रुपमा फैलिएको छ।

दशैंमा उपत्यकाबाट फर्किनेले कोरोना ल्याउँछन् भन्ने चिन्ताले उपत्यका बाहिरका नागरिकलाई चि न्ता बढ्न थालेको छ। यस अवधीमा सरकारले ल कडाउन गर्नुपर्ने अधिकांशको राय छ।

तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार अहिलेसम्म सरकारले ल कडाउनको तयारी गरेको छैन। उनले भने’ ‘ल कडाउनको तयारी छैन। पहिलेको जस्तो मुलुकभर ल कडाउन सम्भव छैन। कतिपय ठाउँमा कोरोना छैन ती ठाउँमा कसरी ल कडाउन गर्ने?’ दशैं जस्ता चाडबाड मनाउन अर्को साल पनि मनाइन पाइन्छ। सतर्कता अपनाएर जो जहाँ छौ त्यहीँ दशैं मनाऔं’।

उनले अगाडि भने, ‘हामी सरकारले केही गरेन मात्रै भन्छाैं हाम्रो जिम्मेवार के हो भन्ने कुरा ख्याल गर्दैनौं। स्वास्थ मापदण्ड अपनाएर मात्रै बाहिर निस्कने गर्नुपर्छ भन्ने जस्ता गम्भिर कुरालाई अझ नागरिकले अटेर गर्छन्।’

प्रतिक्रिया