शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

केकेआर वि रुद्ध सन्दीपको सम्भावना कति ? 

शनिवार , आश्विन १७, २०७७

काठमाडौं, १७ असोज –  नेपाली लेगस्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले आईपीएल २०२० मा शनिबार आफ्नो चौथो म्याच खेल्दै छ । दिल्लीले चौथो म्याच कोलकाता नाइट राइडर्स (केकेआर)वि रुद्ध खेल्न लागेको हो ।

केकेआर र दिल्लीबीचको खेल साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ । पछिल्लो पाँच म्याचमा केकेआर वि रुद्ध दिल्ली ३ खेलमा विजयी भएको छ । तीनमध्ये एक खेलमा दिल्लीले केकआरलाई ‘सुपर ओभर’मा ह राएको थियो ।

जारी सिजनमा तीन म्याच खेल्दा दुबै टिमले समान २ मा जित र एक खेलमा हा रको सामना गरेका छन् । यो संस्करणको आईपीएलमा पनि दिल्ली श्रेयस अय्यर र केकेआरमा दिनेश कार्तिक कप्तान छन् ।

दिल्लीले तेस्रो खेलसम्म चार विदेशीलाई निरन्तरता दिइरहेको थियो । तर, प्रदर्शनका हिसवाले भने रबाडा र स्टोइनिसले मात्र आफूलाई प्रमाणित गरेका छन् । रबाडाले उत्कृष्ट बलिङ गरिरहेका छन् । स्टोइनिसले आवश्यक परेका बेला ब्याट र बल दुवैमा राम्रो गरिरहेका छन् ।

फास्ट बलर एनरिक नोर्किए र ब्याट्सम्यान शिमरोन हेटमायरले सोचे अनुसारको प्र दर्शन देखाउन सकेका छैनन् । मध्यक्रममा ब्याटिङ गर्ने हेटमायरले सीपीएलको प्रदर्शन दोहोर्‍याउन न सक्दा दिल्लीलाई घा टा भएको छ ।

दिल्लीले ब्याटिङ अर्डरमा केही परिवर्तन गरेको खण्डमा र विदेशी खेलाडीको व्या पक परिवर्तन गर्दा सन्दीपको पालो आउन सक्छ । अघिल्लो खेलमा हैदरावादसँग प राजित हुँदा विदेशी खेलाडीमध्ये रबाडाले मात्र राम्रो प्रदर्शन गरेका थिए ।

यस्तै, नोर्कियाको प्रदर्शन राम्रो हुन स केन । यदी दिल्लीले उनलाई वि श्राम दिएमा सन्दीपको सम्भावना हुन सक्नेछ । हुनत यसअघिका दुई संस्करणमा पनि सन्दीपले सुरुवाती खेलहरू बेन्चमा बसेर हेरेका थिए ।

पहिलो संस्करणमा उनले दिल्ली प्रतियोगिताबाट बाहिरिएपछिका ३ खेलमा मौका पाएका थिए । यसपटक वेस्ट इन्डिजको लिगमा राम्रो प्रदर्शन गरेकाले आईपीएलमा पहिलो खेलबाटै सन्दीपले खेल्न सक्ने भारतीय मिडियाको पनि अनुमान गरेका थिए । तर, यो सत्य सावित हुन सकेन ।

आईपीएलमा विदेशी खेलाडीको कोटा

आईपीएलमा प्रत्येक टिमले बढीमा ८ जनासम्म विदेशी खेलाडी आफ्नो टिममा राख्न पाउँछन् । त्यसमध्ये बढीमा चार विदेशी खेलाडी एकै पटक मैदानमा उतार्न पाउँछ । टिममा ब्याटिङ र बलिङको स न्तुलन मिलाउने गरी विदेशी खेलाडी प्लेइङ सेटमा राख्ने गरिन्छ ।

दिल्लीमा पनि विदेशी खेलाडी ८ जना छन् । जसमध्ये चार खेलाडीले मात्र एकै पटक खेल्न पाउँछन् । सुरुवाती तीन खेलमा दिल्लीले दक्षिण अअफ्रिकन फास्टबलरद्वय रबाडा र नोर्किएका साथमा अष्ट्रेलियन अलराउण्डर स्टोइनिस र वेष्टइन्डिजका ब्याट्सम्यान हेटमायरलाई खेलाएको थियो ।

 

चार खेलाडीले नियमित खेल्दा सन्दीपसँगै अष्ट्रेलियाका एलेक्स क्यारी र ड्यानिएल साम्स र वेष्टइन्डियन अलराउण्डर किमो पउल बेन्चमा बसेर खेल हेरिरहेका छन् ।

दिल्लीको लागि पहिलो खेलमै डेब्यू गरेका स्टोइनिस र नोर्कियले राम्रो प्रदर्शन गरेका थिए । त्यसमा पनि कागिसो रबाडाले उत्कृष्ट बलिङ गरिरहेका छन् । टिमको फास्ट बलिङ बलियो बनाउन उनी अपरिहार्य छन् ।

तल्लोक्रममा भारतीय ब्याट्सम्यान नहुँदा अलराउण्डर कोटामा विदेशी खेलाडी खेलाउनुपर्ने बाध्यता छ । जसले गर्दा हेटमायर र स्टोइनिसले अवसर पाएका छन् ।

स्टोइनिसले पहिलो खेलदेखि नै आफूलाई प्रमाणित गरेका छन् तर हेटमायरले भने राम्रो खेल्न सकेका छैन । हेटमायरको सट्टा अर्को विदेशी खेलाउँदा ब्याट्सम्यान नै खेलाउनुपर्ने हुनेछ वा भारतीय राम्रो अलराउण्डर चाहिनेछ ।

प्रतिक्रिया