काठमाडौँ, १६ असोज – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन अघि २५ हजार सक्रिय सं क्रमित भएपछि फेरि पनि ब न्दाबन्दी (ल कडाउन) गर्ने निर्णय गरेको थियो ।
यही असोज ७ गते सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार सक्रिय सं क्रमित भएपछि सरकार मातहत रहेका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने भन्दै सरकारलाई ब न्दाबन्दी गर्नुपर्ने सिफारिस गर्ने निर्णय गरेको थियो ।
अहिले मन्त्रालयले २५ हजार सं क्रमित भए पनि ब न्दाबन्दी गर्नुनपर्ने र सक्रिय स क्रमितलाई व्यवस्थापन गर्न सकिने बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ब न्दाबन्दी गर्ने योजना नभएको स्पष्ट पार्नुभयो । सरकारको सक्रिय सं क्रमित २५ हजार पुगेपछि नीजि स्वास्थ्य संघ–संस्था र होटेलमा सक्रिय सं क्रमितलाई राख्ने योजना रहेको जनाइएको छ ।