शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

बचत समूहले सिन्धुलीका किसानलाई आय आर्जन गर्न सजिलो

बिहिवार , आश्विन १५, २०७७

 

सिन्धुली–सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रका बस्तिहरुमा गठन भएका बचत समूहहरुले घरेलु बैंकको रुपमा काम गर्न थालेपछि वि पन्न वर्गका परिवारलाई व्यवसाय सञ्चालन गर्न सानोतिनो ऋण प्राप्तीका लागि बैंक धाउनु पर्ने बाध्यताबाट मुक्ति मिलेको छ ।

विभिन्न स्थानीय तहमा गठन गरिएका बचत समूहले ऋ ण स्थानीयस्तरमा नै उपलब्ध गराउन थालेपछि वि पन्न वर्गलाई ती समूह घरेलु बैंक सरह बनेको स्थानीय बासिन्दा बताउछन् । उनीहरुका अनुसार हाल जिल्लामा ग रिबी नि वारण गर्ने उद्देश्यले सरकारी तथा गैरसरकारी निकायको लगानीमा गरिबी निवारण लगायत एक दर्जन जति कार्यक्रम क्रियाशिल रहेको छ ।

सानोतिनो ऋण भनेका बखत तुरुन्त पाईने भएको र थोरै रकम पनि बचत गर्दै जान पाईने भएकाले बचत समूहप्रति ग्रामीण क्षेत्रका बासिन्दा आकर्षित रहेका सुनकोसी गाउपालिका –७ निवासी काँसीमाया श्रेष्ठ बताउनुहुन्छ ।

गरिबी निवारण कार्यक्रम अन्तर्गत गाँउमा गठन भएको बचत समुहमा आवद्ध भएर आफुले पनि नियमित रुपमा मासिक १०० रुपियाका दरले बचत गर्दै आएको र समूहबाट १३ हजार पाँच सय रुपिया ऋण लिएर तरकारी खेती गर्न थालेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘तरकारी खेतीबाट भएको आम्दानीले नै मेरो घर खर्च चलेको छ । अब उक्त ऋणमध्ये तीन हजार रुपिया मात्रै तीर्न बाँकी रहेको छ । बचत समूहका कारण नै मेरो जिवनस्तरमा सुधार आएको छ ।’ उक्त वडामा मात्रै १० वटा सामुदायिक संस्था सञ्चालनमा रहेको स्थानीयले बताएका छन् ।

१० वटै सामुदायिक संस्थाले संयुक्त रुपमा सुनकोसी कृषि सहकारी संस्था स्थापना गरी सञ्चालन गर्दै आएको सहकारीका व्यवस्थापक कृष्णबहादुर राईले बताउनुभयो । उहाँका अनुसार सामुदायिक संस्थाका सदस्यले सामूहिक रुपमा व्याजदर आफै तोकेर समूहबाट ऋण लिएर भैंसिपालन, बाख्रापालन, व्यापार लगायतका आयआर्जनका काम गरि रहेका छन् ।

गाँउमा गठन भएका बचत समूह घरेलु बैङ्को रुपमा विकसित हुन थालेपछि सानोतिनो व्यवसाय सञ्चालनका लागि साहुमहाजन कहाँ वा बैङ्क धाउनु पर्ने बाध्यताबाट ग्रामीण क्षेत्रका बासिन्दालाई मुक्ति मिलेको उहाँको पनि ठम्याई छ ।

प्रतिक्रिया