शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कोरोनाको नि यन्त्रणकालागि रसियन भ्याक्सिन ल्याईने

बुधवार , आश्विन १४, २०७७

काठमाडौं १४ असोज –  नेपालमा कोभिड सं क्रमति बढ्दै गएपछि यसको नि यन्त्रण तथा उपचारका लागि विश्व मै पहिलो पटक बनेको भ्या क्सिन ल्याउने तयारी शुरु गरिएको छ । दिनप्रतिदिन बढ्दै गएको कारोनाको मिटरलाई नि यन्त्रणका सबै मा पदण्ड पुरा गर्न नसक्दा सं क्रमित दिनप्रसितदिन थपिदै गएका हुन् ।

यसैबीच एक औषधि उत्पादक कम्पनीले रसियामा पहिलो पटक बनेको कोरोना भा इ रसवि रुद्धको भ्याक्सिन ‘स्पुतनिक ५’ नेपालमा ल्याउने तयारी गरिएको हो । उक्त भ्याक्सिनको तेस्रो पटकको नतिजा अक्टोबरदेखि नोभेम्बरसम्म आइसक्ने भएकोले नेपाल ल्याउने तयारी गरिएको हो । गत सेप्टेम्बर ४ मा गरिएको अ नुसन्धानमा फेज वान र फेज टुको क्लिनिकल ट्रायर सम्पन्न भएको छ ।

रसियाको प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) र नेपालको औषधि वितरक कम्पनी ट्रिनिटी फार्माच्युटिकल्सबीच २ करोड ५० लाख भ्याक्सिन ल्याउने सम्झौता भएको कम्पनीका सञ्चालक किशोर अधिकारीले जनाएका छन् । यो वितरक भारतको केरला रहेको एक औषधि उद्योगको नेपालका लागि स्टकिष्ट हो । आरडीआईएफ र नेपालबीच भएको सम्झौता भएका भ्याक्सिनले नेपालको ९० प्रतिशत जनसंख्या समेट्नेछ ।

स्पुतनिक ५ भ्याक्सिन रसियाको गमालिया नेसनल रिसर्च इन्स्टिच्युट अफ इपिडेमियोलोजी एन्ड माइक्रोबायोलोजीले उत्पादन गरेको हो । गत अगस्ट ११ मा रसियाको स्वास्थ्य मन्त्रालयमा दर्ता उक्त भ्याक्सिन कोरोना भाइरस विरुद्धको विश्वको पहिलो भ्याक्सिन हो । यो ह्युमन एडेनोभाइरस भेक्टर प्लेटफर्ममा आधारित भएको मेडिकल जनएल द ल्यान्सेटमा प्रकाशित छ । स्पुतनिक ५ भ्याक्सिन लामो समयसम्म परीक्षण गरिएकोले खोपको प्रभावकारितामा शंका गर्नु नपर्ने बताइएको छ ।

उक्त भ्याक्सिन हालसम्म एसिया, युरोप, ल्याटिन अमेरिका, सीआईएसलगायतले माग गरेका छन् । यसअघि मेक्सिकोमा ३ करोड २० लाख, ब्राजिलमा ५ करोड, भारतमा १ सय करोड डोज आपूर्ति गर्ने भएको छ । ४० हजार स्वयमसेवकबाट उक्त भ्याक्सिन उत्पादन भइरहेको छ ।

प्रतिक्रिया