शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

जनप्रतिनिधि आएपछि सिन्धुलीमा बे रुजु रकम बढ्दै

बुधवार , आश्विन १४, २०७७

सिन्धुली,१४ असोज – कमलामाई नगरपालिकामा जनप्रतिनिधि निर्बाचित भएर आएपछि बे रुजु रकम बढदै गएको छ ।

कमलामाई नगरपालिकामा आर्थिक बर्ष ०७३/०७४ देखि ०७५/०७६ सम्म गरी तीन बर्षको बे रुजु दुई करोड ८१ लाख ८४ हजार १७५ रुपिया ३६ पैसा रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको लेखा शाखाका अनुसार आर्थिक बर्ष ०७५/०७६ सम्म कुल बे रुजु रकम चार करोड ७१ लाख ७५ हजार ८३२ रुपिया ६४ पैसा रहेकोमा एक करोड ८९ लाख ९१ हजार ६५७ रुपिया २८ पैसा असुल भई उक्त बे रुजु बाँकी भएको हो ।

उक्त बे रुजु रकम विकास निर्माण, जनप्रतिनिधिको सेवा शुल्क र कार्यालयको प्रशासनिक खर्चको रहेको लेखापाल राजेन्द्रप्रसाद गजुरेलले जानकारी दिनुभयो । बे रुजु असुलका लागि सम्बन्धित पक्षलाई ताकेता भई रहेपनि आलटाल गर्ने गरेको लेखापाल गजुरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त बे रुजु रकम मध्ये आर्थिक बर्ष ०७३/÷०७४ मा एक करोड ६३ लाख ५५ हजार १३९ रुपिया, आर्थिक बर्ष ०७४/०७५ मा एक करोड तीन लाख १५ हजार ६९३ रुपिया ६४ पैसा र आर्थिक बर्ष ०७५/०७६ मा दुई करोड पाँच लाख पाँच हजार रुपिया रहेको छ ।

त्यो मध्ये आर्थिक बर्ष ०७३/०७४ मा एक करोड ४२ लाख ९० हजार ९६९ रुपिया ८० पैसा, आर्थिक बर्ष ०७४/०७५ मा २९ लाख ४४ हजार १०६ रुपिया ३८ पैसा र आर्थिक बर्ष ०७५/०७६ मा १७ लाख ५६ हजार ५८१ रुपिया २८ पैसा सम्परिक्षण गरी असुल गरेको नगरपालिकाले जनाएको छ ।

अब आर्थिक बर्ष ०७३/०७४ को २० लाख ६४ हजार १६९ रुपिया २० पैसा, आर्थिक बर्ष ०७४/०७५ को ७३ लाख ७१ हजार ५८७ रुपिया २६ पैसा र र आर्थिक बर्ष ०७५/०७६ को एक करोड ८७ लाख ४८ हजार ४१८ रुपिया ९० पैसा गरी दुई करोड ८१ लाख ८४ हजार १७५ रुपिया ३६ पैसा बे रुजु रकम असुल गर्नु पर्ने रहेको छ ।

नगरपालिकाका अनुसार आर्थिक बर्ष ०७६/०७७ को बे रुजु आयव्यय लेखा परिक्षण (अडिट गर्न) बाँकी रहेकोले नदेखिएको हो ।

प्रतिक्रिया