काठमाडौँ,४ असोज - भारतले केही दिनअघि प्याज निर्यातमा लगाएको प्र तिबन्ध ३ देशका लागि खु ला गरेको छ । भारतले सेप्टेम्बर १४ मा सबैतिर प्याज नि र्यातमा रो क लगाएको थियो । तर, छिमेकी देशको बजार पाकिस्तान र चीनले लिन सक्ने ख तरा बढेपछि भारतले नेपाल, बंगलादेश र भुटानका लागि प्याज नि र्यात खु ला गरेको दैनिक ट्रिब्युनले लेखेको छ । भारतले रोकिराखेको ३० हजार क्विन्टल प्याजको क न्साइनमेन्ट खु ला गरेको हो ।
भारतको स्थानीय बजारमा प्याजको मूल्य ब ढेपछि भारतले सेप्टेम्बर १४ मा प्याज निर्यातमा प्र तिबन्ध लगाएको थियो । भारतले प्र तिबन्ध लगाएसँगै नेपाल, भुटान र बंगलादेशमा प्याजको मूल्य आ काशिएको थियो । स्थिति बि ग्रँदै गएपछि भारतको परराष्ट्र मन्त्रालयको पहलमा बहु मन्त्रालय स्तरको छलफलपछि प्याज नि र्यात खु ला गरिएको हो ।