सिन्धुली,२ असोज – किसानले खेतीको सिजनमा पनि रा सा य नि क मल नपाएको गु नासो गरी रहेको बेला सिन्धुलीमा एक युवा उद्यमीले जै विक म ल उत्पादन गर्नु भएको छ ।
होटल व्यवसायमा नाम कमाएका सिन्धुलीका सिताराम पहाडीले ५० लाख रुपैयाजति लगानी गरी कमलामाई नगरपालिका–५ सिलामेमा गाँईबस्तुको गो बर र ब ड्कुला प्रयोग गरी जै बिक म ल उत्पादन गर्नु भएको हो । करिब तीन महिना अघिदेखि सुरु गरेको जै बिक मल उत्पादनको ल्या ब प रिक्षणको नतिजा उद्यमी पहाडी अहिले कु रेर बसि रहनु भएको छ ।
उहाँले भन्नुभयो, “हामीले उत्पादन गरेको जै विक मलको गुणस्तर परिक्षणको न तिजा पर्खेर बसेका छौं । साउन ३१ गते ना र्क र जै विक प्रयोग शालामा गु णस्तर परिक्षण गर्न पठाएका थियौं । बीचमा काठमाण्डौमा जारी भएको नि षे धा ज्ञाले कार्यालय ब न्द भएकाले रिपोर्ट आउन ढि लाई भएको छ । अब दुईचार दिनमा आउला ।”
उद्यमी पहाडीले सिलामेमा एउटा होल्डिङ सेन्टर समेत बनाउनु भएको छ । जहाँ जिल्लाभरीका खसीबाख्रा किनबेचका लागि हो ल्डिङ गरेर राखिने पहाडी बताउनुहुन्छ । किसान र ग्राहकबीच खसी किनबेचमा सहजीकरण गर्ने उद्देश्यले हो ल्डिङ सेन्टर बनाइएको उहाँको भनाई छ । सोही ठाँउमा जैबिक म ल बनाउने खा ल्डा अहिले तयारी अबस्थामा छ । त्यहाँ देशभरबाट ल्याइएको गो बर र बाख्राका ब डकुलाबाट जैविक म ल बनाउने तयारी गरिएको छ ।
तराईका पाँच/छ जिल्लामा गोबर खोज्न एजेन्ट तयार गरिसकेको पहाडीले जानकारी दिनुभयो । जिल्ला भित्रैबाट कसैले प्लास्टिकमा गोबर बोकेर आएमा तुरुन्तै पैसा दिने उहाँको भनाई छ । बन्दै गरेको जैविक मल योजना ल्याब परीक्षणमा सफल भए दशैपछिबाट बिक्रीमा आउने पहाडीले सुनाउनुभयो ।
उहाँका अनुसार माटोलाई खुकुलो र उर्बर बनाउन तथा बिरुवालाई उम्रन, हुर्कन, बढ्न र फल लाग्न विभिन्न किसिमका तत्वहरुको आ बश्यकता पर्छ । त्यसलाई अ नुकूल हुने गरी जैबिक जि बाणु बनाएर गाइभैसीको मल तथा बोकाबाख्राको ब ड्कुलालाई जै बिक विधिबाट १५ दिन एउटा खाल्टोमा घाम पानी हावा केहीले नभेट्ने गरी राखिन्छ । अनि १५ दिनपछि अर्को खाल्डोमा पल्टी गरिन्छ । ३० दिनमा उक्त मल पाकिसकेको हुन्छ ।
उक्त जै बिक मलले माटोको संरचना सुधार गरी बालीनालीलाई चाहिने आवश्यक तत्वहरुलाई परिपूर्ति गर्दछ । यसका साथै बोटबिरुवाहरु हुर्कन बढ्न फल लाग्न अति आवश्यकीय तत्वहरुको परिपूर्तिसमेत गर्ने उहाँको भनाई छ । युवा उद्यमी पहाडीको टोलीले फरक–फरक ग्रे डको मल बनाउने तयारी गरेको सुनाए । उहाँले भन्नुभयो, “हामीले बनाउने जै बिक मलले माटोको संरचना सुधार गरी बालीनालीलाइ चाहिने आवश्यकीय तत्वहरुलाई परिपूर्ति गर्दछ । यसका साथै बोटबिरुवाहरु हुर्कन, बढ्न, फल लाग्न अति आवश्यकीय तत्वहरुको परिपूर्ति समेत गर्दछ ।”
यस्तो मल उत्पादनका लागि सरकारबाट प्रोत्साहन हुँदै जाने हो भने हजारौले देशमै रोजगारी पाउने पहाडीको तर्क छ । उहाँले थप्नुभयो, “किसानहरुमा आर्थिक समृद्धि ल्याउन पनि यो जैविक मल अभियानले सहयोग पुर्याउनेछ ।” पहाडीको टोलीले जैविक मलसँगै पि साब संकलन गरेर झोल मल समेत बनाउने योजना राखेको छ । सिन्धुलीका स्थानीय जडिबुटीको प्रयोग गरी बोट बिरुवाको लागि औ षधि समेत बनाउने योजना पहाडीले जानकारी दिनुभयो ।
पहाडीको टोलीले तयार गरेको मल २ किलो र ५ किलोको प्याकेट बनाएर डि पार्टमेन्ट स्टोरहरुमा समेत बिक्रीको लागि राखिने योजनामा उनीहरु छन् । मल यसरी सुपरमार्केटमा बेच्न राख्दा घरको छतमा खेती गर्ने परिवार र करेसाबारीको बगैँचा खेती गर्ने नागरिक समेतलाई राहत मिल्ने पहाडीको दा बी छ ।
पहाडीका सहकर्मी मोहन प्रसाद पौडेल हुनुहुन्छ । उहाँ ११ बर्ष ब्रा जिलमा बसेर आउनु भएको हो । पौडेल स्पेसल बाख्राबि ज्ञ भएका पहाडीले जानकारी दिनुभयो । आफ्ना सहकर्मीबारे युवा उद्यमी पहाडीले थप्नुभयो, “पौडेल जीले त बाख्राको आबाज सुन्दा उसले भन्न खोजेको कुरा पनि बुझ्नुहुन्छ । बो का बाख्रा हेरेरै उसको उमेर समेत पत्ता लगाउनुहुन्छ ।”