शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

शूरु भयो म ल मा स

शुक्रवार , आश्विन २, २०७७

काठमाडौं,२ असोज - हिन्दू परम्परानुसार म ल मा सको अ वधिमा शुभ कार्य गर्न न हुने धर्मशास्त्रका विज्ञले बताएका छन् ।

बिहीबार अपरान्ह ४:५९ बजेदेखि शुरु भएको म लमास असोज ३० गते राति १:५३ बजेसम्म रहनेछ । सो अवधिमा कुनै पनि नयाँ कार्यको था लनी गर्न न हुने उनीहरुको भनाइ छ । वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख देवमणि भट्टराई म ल मास र क्ष यमास जस्ता समयलाई शास्त्रले शुभ कार्य गर्न व र्जित गरेको बताउँछन् ।

म लमासमा विवाह, व्रतबन्ध, पक्षअनुष्ठान, पुराणवाचन जस्ता कार्य गर्न नहुने उनको भनाइ छ । उनले भने,“नित्य कर्महरु, नै तित्यक कर्महरु मलमासभित्र गर्न सकिन्छ ।” यसमा घरमा गरिने नियमित पूजापाठ, मन्दिर दर्शन, तिथि, बार या न क्षत्र मिलेर गर्ने योगहरु गर्न मिल्ने उनले बताए ।

म लमासको कृष्ण पक्षमा जन्मिएका वा मृ त्यु भएकाको तिथि निर्धारण गर्दा एक महिना पछिको गरिन्छ । मलमासको समयमा विवाह गरेको पहिलो वर्ष परेमा श्रीमान् श्रीमती सँगै बस्न न हुने प्रचलन रहेको छ । भट्टराईले भने,“दोस्रो, तेस्रो वर्ष परेमा बार्नु पर्दैन ।”

धार्मिक, सांस्कृतिक अध्येता डा. गुरुप्रसाद सुवेदी म लमासमा गृहस्थ जीवन शुरु गर्न नहुने बताउँछन् । उनका अनुसार विशेष सं स्कारका क र्महरु, ना न्दीमुखी श्रा द्ध गरेर सम्पन्न गरिने सप्ताह जस्ता ठूला यज्ञ र मन्दिरको प्रतिष्ठा क र्म गर्न हुँदैन ।

म लमास चन्द्रमाको गति अनुसारको महिनाभित्र सूर्यको सं क्रान्ति परेन भने यो एउटा अधिकमास हो । यसलाई मलमास भनिन्छ । अधिकमास प्रत्येक तीन वर्षमा एकपटक आउँछ । प्रत्येक राशि, नक्षत्र, महिना आदिका स्वामी छन् तर अधिक मास अर्थात् मलमासको स्वामी छैनन् ।

यसकारण अधिकमासमा सम्पूर्ण शुभ, देव एवं पितृ कार्य व र्जित मानिएको उनको भनाइ छ । अधिकमास परेको महिनामा के गर्नु हुन्छ रु के गर्नु हुँदैन रु

अधिकमास परेको महिनामा मुहुर्त जुराएर गर्नुपर्ने सम्पूर्ण कार्महरु व र्जि त गरिएको छ । शास्त्रीय नियमअनुसार अ तिरिक्त समय भएकाले यो समय अन्य समयभन्दा क मजोर हुनेहुँदा नयाँ थालनी गरिएका कार्यहरु स फलहुने स म्भावना ए कदमै न्यू न हुन्छ ।

यस्तो समयमा श्रा द्ध तथा पि तृकार्य, विवाह, व्रतवन्ध, चूडाकर्म,सप्ताह, नवाह, महारुद्रि,शतचण्डी लगाएका कुनै पनि धार्मिककर्महरु त्यस्तै गृहप्रवेश, नयाँ कार्यको थालनी, नयाँ यात्राको शुभारम्भ गर्न नहुने उल्लेख गरिएको छ ।

नव विवाहित दाम्पत्तीहरूका लागि अधिकमास बार्नुपर्ने नियम रहिआएको छ । वैवाहिक सम्बन्धमा बाधिएपछि एक पटक सबै विवाहित महिलाहरुले अनिवार्य पहिलो अ धिकमास बार्नुपर्ने नियम रहिआएको छ । यदि नबारेमा पतिलाई शा रीरिक,मा नसिक तथा आ र्थिक क ष्ट पर्ने मुहूर्त मा र्तण्ड र मूहूर्तचिन्तामणि नामक ग्रन्थमा उल्लेख गरिएको छ ।

एकपटक बारेपछि अरु वर्षहरुमा मलमासपर्दा बारिरहनु नपर्ने पनि बताइएको छ । दैनिक रूपमा गर्दै आएका कर्महरू जस्तो नित्य पाठपूजा, नामाकरण लगायतका कर्महरु गर्नहुने भनेर पनि उल्लेख गरिएको छ ।

अधिकमासका अधिपति स्वामी भगवान् विष्णुलाई मानिएको छ । त्यसकारण यसलाई पुरुषोत्तममास भनर पनि भनिएको छ । पौराणिक कथाअनुसार सूर्य र चन्द्रमा बिचको सन्तुलन मिलाउनका लागि अधिकमासको गणना भएको हो ।

हरेक महिनाको मासदेवताका रुपमा नामाकरण गर्ने क्रममा अतिरिक्त रहेको महिना या म लमासको नामाकरणमा कुनै पनि देवता अधिपति हुन राजि नभएपछि ऋषि महर्षीहरुको आग्रहमा भगवान् विष्णुलाई गरिएको आग्रह पछि यस अतिरिक्त मलमासको मासदेवताका रुपमा भगवान् विष्णुलाई जिम्मा दिइएकाले पनि यसलाई यसलाई पुरुषोत्तममास भनेर भनिएको हो । विशेषगरी यस अबधिभर भगवान विष्णुको पुजा तथा आरधना गर्ने नियम रहिआएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया