शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

दिल्लीको ब्रे क थ्रु सन्दीप

बिहिवार , आश्विन १, २०७७

काठमाडौं १ असोज - भारतका पूर्व क्रिकेटर अजित अगरकरले इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सको लागि नेपाली लेग स्पिनर सन्दीप लामिछाने ब्रे क थ्रु बन्न सक्ने बताएका छन् ।

क्रिकइन्फोसँगको कुराकानीमा अजितले दिल्लीको लागि नेपाली स्पिनर सन्दीप ब्रे क थ्रु बन्न सक्ने बताएका हुन् ।

सन्दीपमा थुप्रै क्वा लिटी रहेको खेल अनुसारको 'माइण्ड मेकअप' गर्न सक्ने क्ष मता भएकोले दिल्लीका लागि सन्दीप ब्रे क थ्रु बन्न सक्ने अजितले बताएका हुन् ।

दिल्लीको टिमको प्रिभ्युमा अजितसँगै गौतम गम्भीर, आकाश चोपडा, दिप दास गुप्ता, रौनक कपुरले र डस्टिन सिल्गार्डोको कुरा समेत राखिएको छ । उनीहरुलले पनि सन्दीप दिल्लीको ४ विदेशी खेलाडीको रोजाइ भित्र पर्न सक्ने बताएका छन् ।

प्लेइङ सेटको चार विदेशी खेलाडीको रुपमा सन्दीपलाई समेट्ने वि श्लेषकहरुको ब हुमत देखिएको हो । आईपीएलमा कुनै एक खेलमा बढीमा ४ विदेशी खेलाडी खेलाउन पाउने प्राबधान छ ।

सन्दीप लगातार तेस्रो पटक आईपीएल खेल्न युएई पुगिसकेका छन् । ६ दिनको क्वा रेन्टिन र ३ चरणको पी सीआर प रिक्षणमा कोरोना नेगेटिभ देखिए सन्दीप टिमसँग सामेल हुने छन् ।

कोरोनाको म हा मा रीको कारण भारतमा आयोजनाको सम्भावना न भएपछि १३ औं सं स्करणको आईपीएल युएईमा हुन लागेको हो ।

शनिबारबाट सुरु हुने प्रतियोगितामा सन्दीपको टिम दिल्लीको पहिलो किङ्स इलाभेन पन्जाबविरुद्ध रहेको छ ।

तर, सन्दीपले आइतबार हुने पहिलो खेल खेल्ने स म्भावना छैन । किनकि सीपीएल खेलेर युएई पुगेका सन्दीप क्वा रेन्टिनमा रहेका छन् ।

डेब्यु वर्ष सन्दीपले आईपीएलमा ३ खेल खेल्दा दोस्रो वर्ष दिल्लीबाट ६ खेल खेल्ने मौका पाएका थिए ।

प्रतिक्रिया