शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

दिल्ली क्यापिटल्सले नेपालीमै लेख्यो- सन्दीप ग र्ज नका लागि तयार छ !

आइतवार , भाद्र २८, २०७७

काठमाडौं, २८ भदौ – इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेट सुरु हुन अब एक साता पनि बाँकी छैन । प्रतियोगितामा सहभागी हुने सबै टोलीहरु अन्तिम तयारीमा जुटिरहेका छन् ।

प्रतियोगिता आयोजना हुने यूएईमा खेलाडीहरु जम्मा भइरहेका छन् । नेपालका सन्दीप लामिछाने पनि यूएई पुगेका छन् । उनी क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेट खेलेपछि त्यतैबाट यूएई पुगेका छन् ।

दिल्ली क्यापिटल्सले आफ्नो फेसबुक पेजमा ‘स्टाटस’सहित सन्दीपको तस्विर ‘बुस्ट’ गरिरहेको छ । स्टाटसको एक अंश नेपालीमा लेखिएको छ जसमा भनिएको छ- सन्दीप गर्जनका लागि तयार छ !

सन्दीपले लगातार तेस्रो सिजन आईपीएल खेल्न लागेका हुन्, दिल्ली क्यापिटल्सबाट। यही टोलीबाट उनले आईपीएलमा डेब्यु गरेका थिए। दिल्ली क्यापिटल्समा सन्दीपको सम्झौताको यो अन्तिम सिजन पनि हो।

सन्दीपले आईपीएलमा हालसम्म १३ विकेट लिएका छन्। उनले पहिलो सिजन तीन खेल मात्र खेल्न पाएका थिए जसमा पाँच विकेट हात पारेका थिए। गत सिजन उनले ६ खेलमा ८ विकेट लिएका थिए। आईपीएलमा एउटा टोलीले लिग चरणमा १३ खेल खेल्छ। आईपीएलमा सन्दीपको बलिङ इकोनोमी प्रतिओभर औसत ८.३४ रन रहेको छ। उनले गत सिजन ९.१३ रन औसतमा बलिङ गरेका थिए।

दिल्ली क्यापिटल्समा यो सिजन स्पीनरहरु रविचन्द्रन आश्विन, अक्सर पटेल र अमित मिश्रा ‘स्पेसल बलर’ छन्। मार्कस स्टोइनिस, जेसन रोय, कागिसो राबडा, सिमरन हेटमेयर, एलेक्स कारेलगायत नाम चलेका विदेशी खेलाडी छन्। आईपीएलको एक खेलमा एउटा टोलीले चार जना मात्र विदेशी खेलाडी उतार्न पाउँछ ।

दिल्ली क्यापिटल्सले यो सिजन पहिलो खेल सेप्टेम्बर २० तारिखमा किङ्स इलेभेन पन्जाबविरुद्ध खेल्ने छ।

सीपिएलमा सन्दीपले यो सिजन ११ खेल खेल्दै १२ विकेट लिए। उनले अन्तिम खेलमा मात्र विकेट लिन सकेनन्। सन्दीपको टोली जमैका तल्लावाज सेमिफाइनलमा रोकिएको थियो, ट्रिनबागो नाइट राइडर्ससँग प राजित भएर। सन्दीपले प्रतियोगितामा ५.२७ रनको बलिङ इकोनोमीमा बलिङ गरे।

प्रतिक्रिया