शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीका होटेल व्यवसायीलाई लगानी डु ब्ने चि न्ता

शुक्रवार , भाद्र २६, २०७७

सिन्धुली,२६ भदौ – सिन्धुलीका होटेल व्यवसायीलाई लगानी डुब्ने चि न्ता ब ढ्न थालेको छ । कोभिड–१९ को म हा मा री पश्चात् सिर्जित समस्याका कारण आम्दानीको मूल आधारका रुपमा रहेको होटल व्यवसायको कारोवार ठ प्प रहेको छ ।

महिनौँसम्म होटल बन्द गर्नुपर्दा होटल व्यवसायी पेशा पलायन हुन थालेका छन् । सयौं कामदारको रोजगारी गु मेको छ । कोरोनाले सिर्जित स मस्याका कारण होटल व्यवसाय घ रा शा यी हुन थालेको होटल व्यावसायसायीको गु ना  सो पाईन्छ ।

जो खिम मोल्दै केही समयका लागि होटेल खोले पनि थोरै मात्र ग्राहक आउने गरेका छन् । होटल व्यवसायी संघ सिन्धुलीका अनुसार जिल्लामा रहेका होटलमा एक चार अर्ब भन्दा माथि नै लगानी रहेको छ । जसमा करिब पाच हजार जनाले रोजगारी पाएका छन् । स्तरिय होटलको संख्या भने एक सयको हाराहारीमा रहेको छ ।

सदरमुकाम सिन्धुलीमाढीस्थित सिताराम पार्टी प्यालेस एण्ड रिसोर्ट प्रालीका सञ्चालक सिताराम पहाडीले झण्डै ४५ लाख रुपैया लगानी गरी सुरु गरेको व्यवसाय कोरोनाका कारण डुब्ने अवस्थामा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “छाडौं भने त्यत्तिकै कसरी छाड्नु, ४५ लाख रुपैया जति माया मा र्नु पर्छ । दैनिक ३० हजार रुपैयाभन्दा माथिकै व्यापार हुन्थ्यो । अहिले मुस्किलले दिनको १५ सय रुपैया पनि पुग्दैन ।”

अहिले आफ्नो होटलमा सात जना कामदार रहेको र उनीहरुलाई तलब खुवाउन पनि धौ धौ परेको उहाँको गुनासो छ । सिन्धुली होटल व्यावसायिक संघका महासचिब समेत रहनु भएका पहाडीका अनुसार अहिले धेरै जसो होटल खुलेपनि व्यापार भने दुई हजार रुपैया पनि कट्न सकेको छैन । उक्त संघमा जिल्लामा रहेका होटल मध्ये ५५० होटल आबद्ध रहेका छन् ।

“पाँच महिनादेखि होटल व्यवसाय ब न्द छ,” महासचिब पहाडीले भन्नुभयो, “धेरै व्यवसायीले होटल सञ्चालनका लागि बैंकबाट क र्जा लिएका छन् । होटल सञ्चालनै नभएपछि क र्जा तिर्न सकिने अवस्था छैन ।” उहाँका अनुसार होटल व्यवसायीलाई बैंकको कर्जासँगै घर भाडा तिर्नसमेत निकै समस्या छ । साना खाजा नास्ताका होटल व्यवसायीले होटल खोल्ने गरे पनि थोरै मात्र ग्राहक होटलमा आउने गरेका छन् ।

निश्चित समयभित्रै होटेल बन्द गर्नुपर्ने भएकाले समेत कारोवार न्यून रहेको छ । जसबाट घरभाडासमेत तिर्ने रकम जोहो गर्न सकिएको छैन । ठूला र स्तरीय भनिएका होटेल भने पाँच महिनादेखि बन्द छन् । “जिल्लामा रहेका सबै होटललाई जोड्दा एक हजार भन्दा माथि नै रहेको छ । सबै होटलेको कारोबार दैनिक तीस लाख रुपैया माथि नै हुन्थ्यो,” महासचिब पहाडीले भन्नुभयो, “जसबाट २० देखि ५० प्रतिशतसम्म मार्जिन आउने गरेको थियो । देशको अर्थतन्त्रको मूल आधारका रुपमा रहेको होटल व्यवसाय बन्द भएपछि निकै घाटा लागको छ ।”

ब न्दा ब न्दी खुलेपछि पनि अन्य व्यवसाय जस्तै गरी होटल व्यवसायलाई सञ्चालन गर्न सकिने अवस्था नभएको होटल व्यवसायीको भनाइ छ । सं क्र म ण अवधिभरिनै व्यवसायमा ठूलो असर पर्ने भएकाले बिजुली, पानी, टेलिफोन, इन्टरनेटको महसुलमा छुटसँगै घरभाडा र बैंकको कर्जाको ब्याज मिनाहा गरिनुपर्ने सदरमुकाम सिन्धुलीमाढीस्थित रोजी होटलका सञ्चालक रामचन्द्र कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बन्दाबन्दिले धेरै असर गरेको छ । भाडा तिर्न सकिएको छैन । मेरो त आम्दानीको स्रोत पनि होटल मात्रै हो । यसैको कमाईले परिवार पालिनु परेको छ ।” पहिलेको तुलनमा चार भागको एक भाग पनि अहिले ग्राहकहरु नआउने उहाँको दुःखेसो छ ।

ऋण तिर्ने समयावधि कम्तीमा दुई वर्ष थप गरी ब न्दा ब न्दी अवधिभरको ब्याज मिनाहासँगै कृषि उद्योगसरह सहुलियत ब्याजदर कायम गरिनु होटल व्यवसायिको माग पाईन्छ । व्यवसायिक कार्कीले भन्नुभयो, “शून्य ब्याजदरमा सहुलियत कर्जाको व्यवस्था गरिनुपर्छ ।”

“यातायातका साधन सञ्चालन हुँदा खाना र नास्ता खानकै लागि होटेल यात्रुले भरिभराउ हुन्थ्यो,” बीपी राजमार्ग अन्तर्गत हिरापानीस्थित साथी होटलका सञ्चालक मेघबहादुर कार्कीले भन्नुभयो, “कोरोना भा इ र सको सं क्र म ण बढेसँगै यातायातका साधन ब न्द हुदा होटेलको व्यवसायसमेत ख स्किँदो अवस्थामा पुगेको छ ।”

प्रतिक्रिया