शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा सरिफाबाट मनग्य आम्दानी

बुधवार , भाद्र २४, २०७७

सिन्धुली,२४ भदौ – सिन्धुली जिल्लाको सुनकोसी गड्तीर क्षेत्रका किसानहरु सरिफा फलाएर आम्दानी लिन थालेका छन् ।

केहि वर्ष पहिलेसम्म बाँ दरको आ हारा भनि बारी र जंगलमा नै त्यसै क ुहिएर खेर जाने सरिफा(आँटी) बीपी राजमार्ग निर्माण पूरा भएपछि ढुवानी सुविधाले गर्दा आम्दानी लिन सजिलो भएको किसानहरु बताउछन् । प्रत्येक बर्ष भदौदेखि असोज महिना सरिफाको सिजन हुने किसानको भनाई छ ।

उक्त राजमार्गबाट जिल्लाको भिमेश्वर, शित्तलपाटी, पुरानो झाँगाझोली, झाँगाझोली रातमाटा, कुशेश्वर दुम्जा र बाशेश्वर लगायतका ठाँउमा उत्पादित सरिफालाई प्रत्यक्ष रुपमा ढुवानी सुविधा पुगेको सुनकोसी गाँउपालिका–३ निवासी किसान रुद्रप्रसाद फुयाल बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “यो बर्ष चाही कोरानाको ड रले गाडी प्रशस्त नचल्दा किसानलाई सरिफा बे च्न अलि गा ह्रो भयो । नत्र गाँउमा फलेको सरिफा गाँउकै किसानले खान पाउदैन थिए । सिधै काठमाडौँ पुग्थ्यो ।” केहि वर्ष पहिलेसम्म बाँदरको आहारा भनि बारी र जंगलमा नै त्यसै कु हिएर खे र जाने सरिफा अहिले विपन्न किसानलाई आय आर्जनको राम्रो स्रोत बनेको उहाँले सुनाउनुभयो ।

विगत चार÷पाँच वर्षदेखि आफुले पनि प्रत्येक वर्ष सिजनमा सरिफा बिक्री गरि १५/१६ हजार रुपैया आम्दानी गर्दै आएको र त्यसले घर खर्च राम्रोसँग चलेको सित्तलपाटी चैनपुरका बिरबहादुर सार्की बताउनुहुन्छ । “फल्नै मात्र प¥यो, बजारको स मस्या छैन । केही बर्ष पहिलेसम्म आफैंले ढाकरमा बोकेर सदरमुकामसम्म लाने गरेको थिए । सदरमुकाम पु¥याउदा एक ढाकर सरिफाबाट दुई हजारसम्म आम्दानी हुने गरेको थियो” उहाँले थप्नुभयो ।

“तर विपि राजमार्ग यसै क्षेत्र हुदै निर्माण भएकोले सरिफा फलाउने किसान उत्साहित छौं,” उहाँ भन्नुहुन्छ, “सरिफाको भविष्य राम्रो भएकाले केहि वर्ष पहिलेसम्म जंगलमा मात्र पाईने सरिफाको खेति राजमार्गको निर्माणबाट उत्साहित बनेका कृषकले बारीमा बगैंचा बनाई उत्पादन गर्न थालेका छन् ।”

धैरै वि पन्न कृषकले आफ्नै घर आँगनबाट सरिफा फलाएर बर्षभरिका लागि नुन, भुटुनको जोहो गर्न थालेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया