काठमाडौं, २२ भदौ कोरोना भा इरसको सं क्रमण र त्यसबाट सिर्जित समस्याले दशैंमा कर्मचारीहरूलाई तलव, भत्ता खुवाउन समस्या आउन सक्ने विज्ञहरूले बताउन थालेका छन् ।
कोरोना भा इरसको सं क्रमण रोक्न निषेधाज्ञा, लकडाउन लगायतका गतिविधिहरूले गर्दा राजश्व संकलनमा प्रभाव परेको छ । नेपाली कांग्रेसका नेता एवम् अर्थका जानकार डा.गोविन्द पोखरेलले निषेधाज्ञा र ल कडाउनका विषयमा फराकिलो सोँच बनाएर सरकारले नयाँ रणनीति बनाउनुपर्ने बताए ।
‘रोल्पा, रुकुमलगायत पहाडी जिल्लामा नि षेधाज्ञा वा ल कडाउन गर्न आवश्यक छैन’, एउटा टेलिभिजनसँगकाे कुराकानीमा उनले भने, ‘बाहिरबाट आउने व्यक्तिलाई राम्रोसँग व्यवस्थापन गरेर मात्रै छिर्न दिँदा हुन्छ ।’
काठमाडौं उपत्यकाको हकमा पनि नयाँ ढंगले सोँचेर खाली हुँदै गएको ढुकुटीलाई बढाउन योजना बनाउनुपर्ने उनले बताएका छन् । डा.पोखरेलले दशैंमा कर्मचारीहरूलाई तलब, भत्ता खुवाउन समेत समस्या आउन सक्ने अवस्था आफूले देखेको बताएका छन् ।
सरकारले कोरोना नियन्त्रण गर्न निषेधाज्ञा लगाएको छ । तैपनि कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
सरकारी कर्मचारीहरू घरमै बसेका छन् । उनीहरूले काम नै नगरेर तलव, भत्ता खाइरहेका छन् । सरकारी कर्मचारीहरूलाई योजना बनाएर काममा लगाउनुपर्ने विज्ञहरूको भनाइ छ ।