काठमाडौँ,१२ भदौ – नेपाली फुटबलमा रातारात स्टार बनेका खेलाडी हुन विमल घर्तिमगर, एन्फा एकेडेमीका उत्पादक विमलले जति कम उमेरमा सफलताको स्वाद चाँखे, त्यो सायदै अरु खेलाडीले मौका पाउछन । राष्ट्रिय टिमबाट कम उमेरमा गोल गर्ने विश्वमा नै छैटौं खेलाडी बनेका विमलको यात्रा कुनै रोलकोस्टर भन्दा कम छैन । १४ बर्षको उमेरमा राष्ट्रिय टिम डेब्यु गरेका विमलले १५ बर्षको उमेरमा २०१३ को साफमा पाकिस्तान वि रुद्धको खेलमा गोल गर्दै सनसनि म च्चाएका थिए । त्यसपछि उनमाथि भविष्यको स्टार स्ट्राइकर भनेर भनिने गरिन्थ्यो ।
पाकिस्तान वि रुद्धको त्यो गो लपछि करियर नै यु टर्न गरेको विमलले निरन्तर राष्ट्रिय टिमबाट खेल्ने मौका पाए । उमेर समुहमा यू १४ बाट करियर सुरु गरेका विममले यू १६, यू १९ मा नेपालबाट खेले । २०१३ मा भएको यू १६ साफमा प्रतियोगिताको सर्वाधिक गोल कर्ता बनेका विमलले २०१५ मा भएको यू १९ साफमा नेपाललाई आफ्नो कप्तानीमा उपाधि दिलाएका थिए ।

२०१६ मा आफ्नो बहिनीको अ चानक नि धनले विमलको दि मागमा ठूलो अ सर गरेको बताइन्छ । त्यो बेला उनी बेल्जियममा ट्रा यलका लागि गएका थिए । उनी त्यो समयमा बेल्जियमको एउटा क्लवमा अनुबन्ध हुने लगभग पक्का जस्तै भएको थियो । तर उनी अ चानक घर फर्किनुपर्दा त्यो अ वसर पनि गु मेको थियो ।
अग्लो कद र राम्रो गति भएका विमलले राष्ट्रिय टिमबाट खेल्न थालेपछि युरोपियन क्लवमा ट्रायलका लागि पनि गएका थिए । उनी स्पेन, बेल्जियम जस्ता देशमा ट्रयालका लागि पनि गए । माल्दिभ्स, भारतबाट ब्यवसायीक फुटबल खेलेका विमलको करियर एउटा ग ल्तिका कारण ओ रालो लाग्न थाल्यो ।
त्यसपछि उनी २०१७ मा मोहन बगान टिमबाट खेलेका थिए, तर मोहन बगानमा उनले साखै ज मेर प्रदर्शन गर्नसकेनन् । २०१८ मा उनले च्यासलबाट उनलाई लिग खेलेका थिए । त्यसपछि २०१९ को मा माल्दिभ्सको टिसी स्पोर्टमा ब्यवसायीक फुटबल खेल्न गएका बिमलको पछिल्लो अ वस्था निकै क ठिन बनेको छ ।
नेपाली राष्ट्रिय टिमका मुख्य स्ट्राइकर मानिदै आएका विमलले अघिल्लो बर्ष फिफा विश्वकप छनोटका तीन खेल खेले । तर विश्वकप छनोट अन्तर्गत नै भुटानसँगको खेल खेल्न जानु अगाडी नाइट क्लवमा गएको प्रशिक्षक योहान कालिनले थाहा पाएपछि विमलसहित अञ्जन विष्ट, सन्तोष तामाङ, दिनेश राजवंशीलाई का रवाही स्वरुप टिमबाट अन्तिम समयमा टिमबाट ह टाइयो । जसका कारण उनीहरुले भुटानमा भएको विश्वकप छनोट खेल्न पा एनन् । त्यसपछि घरेलु मैदानमा भएको सागमा पनि उनीहरुले खेल्ने मौ का पा एनन् । उनीहरुका स्थानमा राजेश परियार, प्रिजन तामाङ र साजिव लोप्चाङले मौका पाए ।
हजारौं दर्शकमाझ नेपालले सागको स्वर्णपदक जित्दा टिमका मुख्य खेलाडी मानिएका अञ्जन, विमल र दिनेश र सन्तोष पि डामा थिए । यस्तैमा एन्फाले मंसिर २७ गतेबाट लागु हुनेगरि सुरुमा का रवाहि सुनाएको थियो । तर पछि प रिमार्जन गरेर उनीहरुलाई अघिल्लो बर्षको कार्तिक ३० गतेबाट लागु हु नेगरि का रवाहि लगायो । सुरुवातमा विमल र दिनेशलाई ९० दिनको र अञ्जन र सन्तोषलाई ४५ दिनको का रवाहि सनायो ।
यहि विचमा ए डिभिजन लिगपनि भयो । तर ती चार खेलाडीमा अञ्जन र सन्तोषले लिग खेल्ने मौका पा ए भने विमल र दिनेशले भने त्यो मौका पनि गुमायो ।
समय वित्दै गयो, करिव ११ महिना हुँदा अहिले एक समयका स्टार खेलाडी आर्थिक स मस्यासंग जु धिरहेका छन । पछिल्लो पटक टिमबाट बा हिर हुनु अनि खेलाडीको मुख्य आम्दानी गर्ने स्रोत लिग खेल्न नपाउनुले विमलसँगै अरु तीन खेलाडीलाई पनि न राम्रो अ सर पर्यो ।
यहि विचमा उनीहरु का रवाहि सकेर फर्किने तरखरमा हुँदा ल कडाउन भयो । मोफसलका प्रतियोगिता खेल्ने इच्छामा विमल थिए । तर ल कडाउनले उनको सबै योजना भ ताभुं ग गरिदियो ।
ल कडाउन सुरु हुनुभन्दा अगाडी उनी इटहरीमा थिए । जहाँ उनी करिव एक महिना ल कडाउनमा परे । त्यहि विचमा जसोतसो उनले आफ्नो घर नवलपरासी जाने मौका पाए । अहिलेपनि उनी घरमा नै बसिरहेका छन ।
विमलसँग कसरी समय वि त्दैछ भन्ने कुरा जान्न खोज्दा उनले मनको पि डा त्यति खुलेर बोल्न चाहेनन् । तरपनि उनले अहिले निकै क ठिन अ वस्थामा रहेको बताए ।
जुनबेला त्यो घ टना भएको थियो, त्यसमा आफुहरुलाई का रवाही हुनुपर्ने नै थियो, तर स मयावधी लामो भएको जस्तो लागेको उनले बताए । अहिले का रवाही सकिएपछि टिममा परिएला भन्ने ठुलो आत्मविश्वास थियो, तर प रिएन, जसका कारण केहि दु:खी भएको विमलले बताए ।

उनले केहि महिना देखि एन्फबाट तलब न पाएकाे र घरेलु प्र तियाेगिता नहुँदा कुनै क्लवसँग सम्झाैता पनि न भएकाे बताए । जसका कारण आ र्थिक रूपमा क ठिन भएकाे बताए । एन्फाको नियम अनुसार क्याम्पमा नपर्ने खेलाडीलाई मासिक तलव नपाउने रहेको छ । को रोना ल कडाउनपछि विश्वकप छनोटको क्यानमा ३४ खेलाडी बोलाइदा विमल, दिनेश र सन्तोषलाई सूचीमा राखिएन । त्यो बेला एन्फाले यो वि सुद्ध प्रशिक्षकको निर्णय बनेको थियो । तर विमल लगायत अरु दुई खेलाडीले आफुहरु प्रशिक्षणमा पर्ने ठुलो आशा गरेका थिए । का रवाहिपछि टिमबाट बाहिर भएका विमलले पछिल्लो समय एन्फाबाट आउने मासिक तलव पनि नपाएको बताए ।
जसका कारण आर्थिक लगायतका अन्य हिसावले पनि क ठिन भएको उनको भनाई छ ।
विमलले अब कमब्याक गर्नका लागि त्यति सजिलोपनि नभएको बुझेको बताए । उनले अब अहिलेको राष्ट्रिय टिममा सोझै पर्न निकै कठिन भएको तर फेरी राष्ट्रिय टिममा फर्कन लागि घरेलु प्रतियोगितामा आफुलाई प्रमाणित गर्नुपर्ने बताए । अब विमल लगायत अरु दुई खेलाडीलाई फेरी राष्ट्रिय टिमसम्मको यात्रा तय गर्नका लागि लिग लगायतका विभिन्न प्रतियोगितामा राम्रो प्रदर्शन गर्नुपर्नेछ ।
यसको अर्थ अब यसअघि स्टार खेलाडी भनिएका विमलले नयाँ तरिकाले यात्रा गर्नुपर्ने देखिएको छ । कनैपनि खेलाडीले गरेको ग ल्तिबाट पाठ सिक्नुपर्छ, त्यहि अवस्था अहिले विमललाई आएको छ ।