शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

नेपालमा कोरोना वि रुद्धको भ्या क्सिन चाँडै आउने

शनिवार , भाद्र ६, २०७७

काठमाडौं, ६ भदौ – नेपालमा चाँडै कोरोना भा इरस वि रुद्धको भ्या क्सिन ल्याउन पहल भइरहेको स्वास्थ्य मन्त्रालयका विशेषज्ञ डा. रोशन पोखरेलले खुलासा गरेका छन् । उनले भ्या क्सिनका लागि बजेटको समेत जोहो गरिसकिएको खुलाए ।

‘कोरोना वि रुद्धको भ्या क्सिनको लागि बजेट छुट्याएर राखिएको छ,’ डा. रोशन पोखरेलले आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँगको अन्तर्वातामा भने, ‘भ्या क्सिन चाँडै पाउनका लागि नेपाल प्रा थमिकतामा पर्नुपर्छ भनेर ल बिङ गरिरहेका छौं ।’ भ्या क्सिन खरिद गर्न आ र्थिक जो हो भएको समेत खुलाए ।

रुसमा भ्याक्सिनको विकास भएको र अन्य देशमा पनि विकास भइसकेकाले छिटो र प्रभावकारीलाई नेपालमा ल्याइने समेत बताए । डा. पोखरेलले भने, ‘हामीले विश्व स्वा स्थ्य संगठन र संयुक्तराष्ट्रसंघसँग भ्या क्सिनका लागि समन्वय गरेर पहल शुरु गरिसकेका छौं ।’

रुसमा भ्या क्सिनको विकास भएको र कतिपय देशमा विकासको चरणमा हुँदै विभिन्न देशले भ्या क्सिन खरिदको सम्झौता गरिसकेको अवस्थामा स्वास्थ्य मन्त्रालयको पछिल्लो भनाई सार्वजनिक भएको हो । यद्यपि, नेपालमा भ्या क्सिन कहिलेसम्म आइपुग्छ भन्नेमा भने सरकारले स्पष्ट पारेको छैन ।

रुसमा अक्टोबरबाट भ्या क्सिनको प्रयोग हुँदैछ भने छिमेकी देश भारतमा यसै वर्षको डिसेम्बरमा भ्या क्सिनको प्रयोग हुने भनिएको छ ।

 

कोरोना वि रुद्धको भ्याक्सिन : किन विश्वको नजर भारततिर ?

अमेरिकी विदेशमन्त्री माइक पोन्पियोले भनेका थिए कि भारत र अमेरिका मिलेर कोरोना भा इरस वि रुद्धको भ्या क्सिन विकास गरिरहेका छन्।

पोन्पियोको भनाइमा त्यति आ श्चर्य मान्नुपर्ने अवस्था छैन। किनकि अमेरिका र भारतले पछिल्लो तीन दशकदेखि संयुक्त भ्या क्सिन विकास कार्यक्रम चलाइरहेका छन्। यो कार्यक्रमले अन्तर्राष्ट्रिय मान्यता पनि पाएको छ।

दुवै देश मिलेर डेंगु, इन्फ्लुएन्जा र टीबी रोकथाममा काम गरिसकेका छन्। दुवै देश मिलेर डेंगुविरुभको भ्याक्सिनको ट्रायल्स निकट भविष्यमा गर्ने तयारीमा छन्।

विश्वको भ्या क्सिन ह ब भारत

भारत जेनेरिक औषधि तथा भ्याक्सिन उत्पादन गर्ने विश्वकै ठूलो मुलुकमा पर्छ। भारतमा भ्या क्सिन बनाउने आधा दर्जन ठूला कम्पनी छन्। यसका साथ भारतका साना कम्पनीहरुले पनि भ्या क्सिन उत्पादन गरिरहेका छन्। यी कम्पनीमा पोलियो, मे निनजाइटिस, निमोनिया, रोटावायरस, बीसीजी, मिजल्स, रु बेलाजस्ता रो ग वि रुद्ध भ्या क्सिन बनाउँछन्।

आधा दर्जन भारतीय फर्म कोरोना भ्या क्सिन बनाउन सक्रिय

भारतका करिब आधा दर्जन कम्पनी कोरोना भा इरस वि रुद्ध भ्याक्सिन विकास गर्न सक्रिय छन्। यी कम्पनीमध्ये एउटा हो सिरम इन्स्टिच्युट अफ इन्डिया। भ्याक्सिनको डोज उत्पादन र विश्वभर बिक्रीका लागि यो विश्वकै ठूलो कम्पनी मानिन्छ।

५३ वर्ष पुरोना यो कम्पनीले वार्षिक १.५ अर्ब डोज बनाउँछ। कम्पनीका दुईवटा ठूला प्लान्ट पुणेमा रहेका छन्। यो कम्पनीको नेदरल्यान्ड्स र चेक रिपब्लिकमा पनि साना प्लान्ट्स छन्। यो कम्पनीमा करिब ७ हजार मानिस कार्यरत छन्।

कम्पनीले १६५ मुलुकमा २० किसिमका भ्याक्सिन सप्लाई गरिरहेको छ। यो कम्पनीले उत्पादन गर्ने भ्या क्सिनको ८० प्रतिशत निर्यात गर्छ। यसले उत्पादन गर्ने भ्या क्सिनको प्रतिडो ज ५० सेन्ट पर्न आउँछ।

के हो लाइभ एटेनुएटेड भ्याक्सिन

यो कम्पनीले अहिले अमेरिकाको बायोटेक कम्पनी कोडाजेनिक्ससँग साझेदार गरेको छ। दुवै कम्पनीले मिलेर लाइभ एटेनुएटेड भ्याक्सिन (यस्तो भ्याक्सिन जसमा भा इरसलाई क मजोर गरेर ल्याबमा भ्या क्सिन बनाउनका लागि प्रयोग गरिन्छ, जब कि यो भा इरस जीवितै हुन्छ) बनाउनेछ। विश्वभर करिब ८० कम्पनी यो काममा लागेका छन्।

ठूलो परिमाण हुनेछ भ्या क्सिन तयार

सिरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत आधार पुनावालले अप्रिलको अन्त्यबाट यो भ्याक्सिन जनावरमा परीक्षण गरिने बताए। उनका अनुसार त्यसपछि यो भ्याक्सिनको परीक्षण मानिसमा सेप्टेम्बरबाट सुरु गरिनेछ।

पुनावालका अनुसार कम्पनीले बेलायत सरकारको समर्थनमा युनिभर्सिटी अफ अक्सफोर्डद्वारा विकसित भइरहेको भ्या क्सिन ठूलो परिमाणमा उत्पादन गर्ने जिम्मा पनि पाएको छ।

जेनिटकली इन्जिनियर्ड चिन्पा न्जी भाइरस यो नयाँ भ्याक्सिनको आधार हुनेछ। अक्सफोर्डमा मानिसमा क्लिनिकल ट्रा यल्स यही बिहीबारबाट सुरु हुनेछ। यदि ट्रायल्स सफल भएमा आउँदो सेप्टेम्बरसम्म यो भ्याक्सिनको कम से कम १० लाख डोज तयार हुनेछ।

अक्सफोर्डको जेनर इन्स्टिच्युटका प्रमुख प्रोफोसर एड्रियन हिलले भने, ‘यदि यो वर्षको अन्त्यसम्म पूरै विश्वमा लाखौँ डोज भ्याक्सिन आवश्यक पर्नेछ किनकि यो महामारी अन्त्य गर्न र मानिसलाई लकडाउनबाट बाहिर आउन सकून्।’

उत्पादनको मोर्चमा भारतीय कम्पनीहरु अगाडि

भ्या क्सिन उत्पादनको मोर्चामा भारतीय भ्या क्सिन कम्पनीहरु अन्यको तुलनामा निकै अगाडि देखिएका छन्। पुनावाला कम्पनी एक्लैले ४० देखि ५० करोड डोज  बनाउन सक्षम छ।

हैदराबादको भारत बा योटेकले पनि युनिभर्सिटी अफ विसकोन्सिन मेडिसन र अमेरिकाको फर्म फ्लुजेनसँग मिलेर कोरोना वि रुद्धको भ्याक्सिनको ३० करोड डोज बनाएर विश्वभर वितरण गर्ने उद्घोष गरेका छन्।

जायडस क्याडिला दुई भ्याक्सिनमा काम गरिरहेका छन्। त्यस्तै बायोलोजिकल इन्जिनियरिङ इन्डियन इम्युनोलोजिकल्स र मिनभ्याक्स पनि एउटा/एउटा भ्याक्सिन विकासमा लागिपरेका छन्।

यसका साथै अन्य चार–पाँचवटा घरेलुकम्पनीहरु पनि भ्याक्सिन विकासको सुरुआती चरणमा छन्।

के छ हतारको जोखिम ?

विशेषज्ञहरुको चे ताव नी छ कि मानिसहरुले अहिले नै कुनै भ्याक्सिन आउँछ भनेर आशा गर्नु बे कार छ।

लन्डनको इन्पिरियल कलेजका ग्लोबज हेल्थका प्रोफेसर डेबिड नाबारोका अनुसार मानिसलाई अब निकट भविष्यमै कोरोनाको डरसँगै जिउनुपर्ने हुन्छ। उनले अहिले नै यो भा इरस वि रुद्धको भ्या क्सिनको सफलतापूर्व विकास हुने ग्यारेन्टी गर्ने अवस्था छैन।

सम्बन्धित विषय:

प्रतिक्रिया