शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीका दु र्गम गाँउमा दर्जनभन्दा बढी डेरी उद्योग

बिहिवार , भाद्र ४, २०७७

सिन्धुली,४ भदौ – ध्याङलेख गाँउपालिका वडा नं. ४ नेत्रकालीस्थित गोपेका डेरि सञ्चालक किसान चक्रबहादुर पाख्रिन गाँउमा उत्पादन भएको दुध खपत हुन नसकेपछि किसान आफैले डेरी उद्योग स्थापना गरि आम्दानी लिन थालेका बताउनुहुन्छ ।

“मेरो डेरीमा यतिखेर दैनिक ८० लिटर दुध संकलन हुदै आएको छ,” उहाँले भन्नुभयो, “१५ जना किसानले दैनिक दुध बेचेर आम्दानी लिन पाएका छन् । उनीहरुले लिने आम्दानी भने दुधबाट निस्कीने फ्याट अनुसार हुन्छ । फ्याटको सात रुपियाका दरले दुध लिटरको ४२ रुपैयासम्म पर्न जान्छ ।” दुध बेचेर एक जना किसानले मासिक २३ हजार रुपैयासम्म कमाउने गरेको उहाँले जानकारी दिनुभयो ।

वडा नं. ४ का अध्यक्ष समेत रहनु भएका डेरी सञ्चालक पाख्रिनले उत्पादन भएको मख्खन र छुर्पीको बजार भने स्थानीय स्तमा नभएको गुनासो गर्नुभयो । उत्पादित मख्खन र छुर्पि बिक्रिका लागि बनेपा पुर्‍याउनु पर्ने बाध्यता रहेको डेरि सञ्चालक बताउछन् । ध्याङलेख गाँउपालिका वडा नं. ४ नेत्रकाली र वडा नं. ५ शान्तेश्वरीका किसानले गाँउमै डेरी उद्योग खोलेर मखन र छुर्पि उत्पादन गरी बिक्रि गरेर मनग्ये आम्दानी लिन थालेका हुन् ।

जिल्लाको पश्चिम दुर्गम क्षेत्रमा रहेका यी ठाँउमा पशुपालन व्यवसाय गर्ने किसानले गाँउमै डेरी उद्योग सञ्चालन गरि आफ्नो गाँउलाई मखन र छुर्पिका लागि लोकप्रिय बनाएका छन् । स्थानीय किसानका अनुसार यतिखेर नेत्रकाली र शान्तेश्वरीमा साना ठूला गरि एक दर्जनभन्दा बढि डेरी उद्योग सञ्चालनमा रहेका छन् ।

नेत्रकालीकै अर्का डेरी सञ्चालक बुद्ध पाख्रिनले भन्नुभयो, “एक हप्तासम्म लगाएर मखन र छुर्पि उत्पादन गर्छौ । त्यसपछि बिक्री गर्न बनेपा पुर्‍याउछौं ।” एउटा डेरी उद्योग सञ्चालन गर्न ५० हजार रुपियासम्म लगानी गर्नु पर्ने उहाँको भनाई छ । उक्त डेरीमा पनि स्थानीय २५ जना किसानले दैनिक रुपमा दुध बिक्रीगरी ११० लिटर संकलन हुदै आएको उहाँले जानकारी दिनुभयो ।

डेरी उद्योगका कारण गाँउमा भैंसि पालन व्यवसाय पनि फस्टाउदै गएको स्थानीय किसान बताउछन् ।

गोपेकै किसान बेलीमाया तामाङले दैनिक १५ लिटर दुध डेरीमा पुर्‍याएर बिक्रि गरि मासिक २३ हजार रुपिया कमाउदै आएको बताउनुभयो । “दुध बिक्रीबाट हुने आम्दानीले राम्रोसँग घर खर्च चलेका छ,’ उहाँले भन्नुभयो, “उत्पादन भएको दुध कहाँ लगेर बिक्री गर्नु भन्ने चि न्ता लिनु परेको छैन ।“ नेत्रकाली र शान्तेश्वरी बिकट पहाडी क्षेत्र भएकाले पशुपालनका लागि उपयुक्त रहेको स्थानीय किसान बताउछन् ।

प्रतिक्रिया