शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सन्दीप सीपएल खेल्न ट्रिनिडाड प्रस्थान

बिहिवार , श्रावण १५, २०७७

काठमाडौं १५ साउन- नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न सेन्ट लुसिया प्रस्थान गरेका छन । बिहिवार कोरियन एयरको चार्टर विमानबाट उनी कोरिया, अमेरिका हुदै सेन्ट लुसिया पुग्नेछन । त्यसपछि उनलाई उनको टिमले चार्टड विमानबाट अरु खेलाडीसँगै ट्रिनिडाड लग्नेछ ।

यस सिजनको सिपिएलका लागि सन्दीप जमैका तल्लावाहजमा अनुबन्धित भइसकेका छन्। उनलाई जमैकाले ९० हजार डलर (एक करोड सात लाख) मा अनुबन्ध गरेको हो। उनी उक्त टिमको मार्की खेलाडी हुन्। सन्दीपले यसअघि पहिलो र दोस्रो संस्करणको सिपिएल खेलिसकेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया