सिन्धुली,५ साउन – सिन्धुली जिल्लामा गत आर्थिक बर्ष ०७६/०७७ संघिय र बाग्मती प्रदेस सरकार मातहतका कार्यालयबाट ४८ करोड ६२ लाख नौ हजार रुपैया राजश्व संकलन भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार संकलन भएको राजश्व मध्ये संघिय सरकार मातहतका कार्यालयबाट ३५ करोड १५ लाख २३ हजार रुपैया राजश्व संकलन भएको छ । यो गत बर्षको भन्दा चार करोड ६८ लाख ३२ हजार रुपैया बढी राजश्व हो ।
गत आर्थिक बर्ष ०७६/०७७ मा ३० करोड ४६ लाख ९१ हजार रुपैया राजश्व उठेको थियो । जिल्लामा संघिय सरकार मातहतका कार्यालय वटा सरकारी कार्यालय रहेका छन् । संघिय सरकार मातहतका कार्यालयबाट उठेको राजश्वले ती कार्यालयको चार दशमलब ४६ प्रतिशत खर्च धान्ने कार्यालयको कोष नियन्त्रक तथा सूचना अधिकारी सुरेश दाहालले जानकारी दिनुभयो ।
संघिय सरकार मातहतका कार्यालयको विभिन्न शिर्षकका करबाट २९ करोड १९ हजार, राहदानीबाट एक करोड १४ लाख रुपैया र बाँकी अन्य शिर्षकबाट राजश्व उठेको उहाँको भनाई छ ।
त्यस्तै बाग्मती प्रदेस सरकार मातहतका ११ वटा कार्यालयबाट तीन करोड ९६ लाख ८६ हजार रुपैया राजश्व उठेको छ । यो मालपोत कार्यालयबाहेको राजश्व भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । प्रदेश सरकार मातहतका कार्यालयबाट उठेको राजश्वले ती कार्यालयको बार्षिक दुई दशमलब ४८ खर्च धान्ने सूचना अधिकारी दाहालले सुनाउनुभयो ।
प्रदेश सरकार मातहतमध्ये डिभिजन वन कार्यालय सिन्धुलीले ७५ लाख ६५ हजार रुपैया, डिभिजन वन कार्यालय मरिणले एक करोड ९५ लाख तीन हजार, घरेलु विकास समितिले ७७ लाख १४ हजार एक सय, कन्दमुल विकास केन्द्रले नौ लाख ११ हजार, शहरी विकास तथा भवन डिभिजन कार्यालयले पाँच लाख ९० हजार रुपैया, जिल्ला समन्वय समितिले नौ लाख २६ हजार रुपैया, कृषि ज्ञान केन्द्रले १५ लाख २१ हजार र बाँकी अन्य कार्यालयले राजश्व उठाएका छन् ।
सुचना अधिकारी दाहालले मालपोत कार्यालयले उठाएको राजश्व सिधै प्रदेश र स्थानीय तहमा जाने भएकोले त्यसको बिबरण कोलेनिकालाई जानकारी नभएको बताउनुभयो ।
उता मालपोत कार्यालयले भने गत आर्थिक बर्ष ०७६/०७७ करिब साँढे नौ करोड रुपैया राजश्व विभिन्न शिर्षकमा सङकलन भएको जनाएको छ । उक्त राजश्व मध्ये पूजीगत लाभकर शिर्षकमा उठेजति राजश्व संघिय सरकारमा जाने र बाँकी अन्य शिर्षकमा उठेको राजश्व मध्ये ४० प्रतिशत प्रदेश सरकारमा जाने तथा बाँकी स्थानीय तहमा जाने कार्यालयले जनाएको छ ।