सिन्धुली,(भद्रकाली),९ असार – “बेलुका साढे ८ बजेसम्म सबै माछा ठिक थियो, दाना खाई रहेका थिए”, कमलामाई नगरपालिका–२ बाघसिंटारका काले स्याङवा भन्नुहुन्छ, “बिहान उठेर माछालाई दाना खुवाउन जाँदा त पोखरीमा दुई/तीन वटा माछा म रेको पाँई । के भएको रहेछ भनेर हेर्दा हेर्दै एक घण्टाको बीचमा दुई वटै पोखरीका सबै मा छा म रे ।”
बाघसिंटारका माछा व्यवसायि स्याङवालाई असार ५ गते राती आफ्ना दुई वटा पोखरीमा कसैले श त्रु लागेर बि ष हालेर माछा मा री दिएको घ ट्ना यतिखेर सुनाउदै फुर्सद छैन । “पोखरीमा कस्ले बि ष हाल्यो भन्नु ? देखेको छैन । जस्लाई पायो, त्यसलाई दो ष लाउने कुरा आएन,” उहाँले भन्नुभयो, “पत्ता लाग्छ की भनेर गाँउकै प्रहरी चौकीमा उ जुरी गरेको भए पनि अहिलेसम्म पत्ता लागेको छैन ।”
वि षको कारण पोखरीको माछा न ष्ट हुदा आफुलाई सात लाख रुपैयाभन्दा बढी क्षे ती भएको उहाँले सुनाउनुभयो । श्रीमती सोभामाया पाख्रिनको नाममा ‘बाघसिंटार माछा पालन फर्म’ कर कार्यालयमा दर्ता गरी स्याङवाले यो बर्षदेखि माछा पालन व्यवसाय सुरु गर्नु भएको थियो । पोखरी बनाएर भर्खर पहिलो लट माछाका भुरा हालेकोमा पहिलो गाँसमा नै ढुं गा भने जस्तै भएको उहाँको दुःखेसो छ ।

उहाँका अनुसार एउटा पोखरीमा डेढ महिनाअघि मरिण खोलाबाट स्थानीय जातको एक हजार तीनसय भुरा ल्याई हालिएको थियो । अर्को पोखरीमा भने तराईबाट १० केजी भुरा ल्याएर हालिएको थियो । “लोकल माछा पनि साँढे तीन सय ग्रामभन्दा माथिका नै भएका थिए, राम्रोसँग बढेको थियो,” उहाँले थप्नुभयो । माछा पालनका लागि चार कठ्ठा जमिनमा दुई वटा पोखरी बनाउदा आफ्नो ५० लाख रुपैयाभन्दा माथि नै लगानी भएको उहाँले जानकारी दिनुभयो ।
उक्त पोखरी बनाउन सदरमुकाम सिन्धुलीमाढीस्थित लक्ष्मी बैंकबाट २० लाख रुपैया ऋण लिएको र अरु रकम आफुसँग भएको तथा गाँउघरमा सापटी लिई लगानी गरेको माछा व्यवसायि स्याङवाले बताउनुभयो । पोखरीमा माछा म रेर नो क्सान भएपछि उहाँको परिवार त नाबमा छ ।
उक्त वडाका प्राविधिक मुरारी श्रेष्ठ पनि रातीको समयमा अ परिचित कुनै व्यक्तिले गरेको व दमासीबाट स्याङवाको परिवारले ठूलो नो क्सान स हनु परेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पोखरीमा माछा म रेको सुनेपछि हामीले पनि गएर हेर्यौ । पोखरीमै माछा म रिरहेका थिए, ग न्हाएको थियो ।”
व्यवसायी स्याङवालाई क्ष तीपूर्ति दिलाउन वडा कार्यालयले पनि नगर कार्यपालिकालाई सिफारिस गर्नुका साथै स्थानीय प्रहरी चौकीले पनि मु चुल्का उठाएर जिल्ला प्रहरी कार्यालयमा बुझाई सकेको उहाँले जानकारी दिनुभयो ।
कमलामाई नगरपालिका कृषि शाखाका कर्मचारीले सोमबार स्थलगत अनुगमन गरी छ लाख रुपैया माथि नै क्षे ती भएको मुचुल्का बनाई गएको उहाँको भनाई छ ।