सिन्धुली, ८ असार – कोरोना जितेर डिस्चार्ज भएका सिन्धुलीका तीन जनालाई बेहुलाझै सिगारेर अस्पतालले विदाई गरेको छ । भारतबाट आएर सिन्धुलीको क्वारेन्टाइनमा बसेका तीन जनालाईलाई कोरोना भा इरस पुष्टि भएसँगै सिन्धुली अस्पतालको आ इसोलेसनमा भर्ना भएका थिए । भर्ना भएका तीनै जनालाई २२ दिनको अस्पताल बसाई पछि पिसिआर टेष्ट गर्दा नेगेटिभ आएकाले अस्पतालले बेहुलाझै सिगारेर विदाई गरेको हो ।

यसरी सिगारिएर डिस्चार्ज हुनेमा तिनपाटन गाँउपालिका ३ का चन्द्रबहादुर गोले, कमलामाई नगरपालिका ११ का राजु गोले र कमालमाई नगरपालिका १४ का मनोज गदौली रहेको जिल्ला अस्पताल सिन्धुलीका अध्यक्ष प्रल्हाद पोखरेलले जानकारी दिए । डिस्चार्ज भएका तिनै जनालाई दुबोको माला खादा अविर लगाएर प्रदेश सभा सदस्य प्रदिप कटुवाल प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको उपस्थितिमा विदाई गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका स्वास्थ्यकर्मीहरुले राम्रो व्यवस्थापन र सकरात्मक उर्जा पैदा गराएकाले आफुहरुले कोरोना जित्न सफल भएको डिस्चार्ज भएर फर्कदै गरेका कमलामाई नगरपालिका १४ का मनोज गदौलीले बताउनु भयो । “हामीले स्वास्थ्य कर्मीहरुको साथ र सहयोग पाएकाले हामीलाई कोरोना लागेको भन्ने महसुस नै भएन राम्रो व्यवस्थापनका साथै मायाममता पाएका थियौ, सबैलाई धन्यवाद दिन चाहन्छु,” उहाँले भन्नु भयो ।

सिन्धुली अस्पतालमा कोरोना भा इरसका कारण अब १ जना आ इसोलसनमा रहेको अस्पतालले जनाएको छ । तीन जना डिस्चार्ज भए अब १ जना अस्पतालको आइसोलेसनमा छन्, अस्पताल विकास समिति अध्यक्ष पोखरेलले भन्नु भयो,“ डिस्चार्ज भएको सबैलाई हामीले उत्साहित बनाउन फुलमाला अविरले सम्मान गरेका हाँै ।” उहाँले अस्पतालको प्रागढमा भएको दुबोको माला बनाउन अस्पतालका सिस्टरनै लागि परेकाले दुबोको माला लगाइएको बताउनु भयो ।