काठमाडौँ,२८ जेठ – सरकारले आज बुधबार आगामी लकडाउनको ढाँचा टुंगो लगाउने भएको छ ।
मंगलवारलाई निर्धारित मन्त्रिपरिषद बैठक आज दुई बजे बस्ने र उक्त बैठकले लकडाउन ढाँचाको टुंगो लगाउने एक मन्त्रीले बताउनु भयो । ती मन्त्रीका अनुसार सरकारले दसैंसम्म लकडाउन लम्बाउन परे चार चरण, तिहारसम्म लम्ब्याउन परे पाँच चरणमा गरि लकडाउन खोल्नेछ ।
यसअघि सीसीएमसीले १० चरणमा गरी लकडाउन खोल्न उच्चस्तरीय समितिलाई प्रस्ताव पेश गरेको थियो ।
कोरोना भा इरस नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेको आगामी असार ११ गते तीन महिना पुग्दैछ । लकडाउनका कारण मुलुकको अर्थतन्त्रमा ठूलो ध क्का पुग्नुका साथै जीवनयापन सं कटमा परेको भन्दै लकडाउन खोल्न सरकारमाथि चर्को दबाब परेको छ ।
बिहिवार निर्धारित बैठक संसद बैठकको कारण देखाउँदै स्थगित गरेको ती मन्त्रीले बताए।
पहिलो चरणमा उद्योग, कलकारखाना चलाउन दिने, दोस्रो चरणमा निजी सवारी साधन संचालन गर्न दिने, तेस्रोमा सार्वजनिक सवारी साधन र आन्तरिक हवाई सेवा चल्न दिने, पाँचौमा पठनपाठन, सिनेमा, होटेल, रेस्टुरेन्ट, धार्मिक संस्था खोल्न दिने सरकारको योजना छ । एक–एक महिनाको परीक्षण गर्ने सरकारको योजना छ ।