शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सेनाले थाल्यो सिन्धुलीगढीको विस्तृत गुरुयोजना बनाउने

शनिवार , जेठ २४, २०७७

सिन्धुली जेठ – ऐतिहासिक सिन्धुलीगढीको विकासका लागि थप नयाँ योजनासहित नेपाली सेनाले बिस्तृत गुरु योजना बनाउने भएको छ ।

बिस्तृत गुरु योजना बनाउन सदरमुकाम सिन्धुलीमाढीस्थित नेपाली सेनाको बर्दबहादुर गण, कमलमाई नगरपालिका, पुरातत्व विभाग, सैनिक ईन्जिनियर र कन्सल्टेण्टको टोलीले शुक्रबार सिन्धुलीगढी क्षेत्रमा पुगेर स्थलगत अध्ययन गर्नुका साथै छलफल गरेका छन् ।

कमलामाई नगरपालिकाका सूचना अधिकारी सागरकुमार ढकालका अनुसार उक्त नगरपालिकाले बनाएको सिन्धुलीगढीको गुरुयोजनामा छुटेका केही योजनालाई समावेश गरी नेपाली सेनाले आफ्नै खर्चमा बिस्तृत गुरु योजना बनाउन सुुरु गरेको हो । सेनाले दुई महिनाभित्रमा उक्त योजना बनाई नगरपालिकालाई बुझाउने छ ।

सोही क्रममा विहिबार नेपाली सेना लगायतको टोलीले कमलामाई नगरपालिकासँग छलफल गरेको उहाँले बताउनुभयो । नेपाली सेनाको वर्द बहादुर गण, पुरातत्व विभाग, कमलामाई नगरपालिका, आरकिटेक्टोनिक प्राईभेट लिमिटेड बीच भएको छलफलमा सेनाले बनाउने योजनाका बारेमा छलफल भएको छ । छलफलमा सैनिक ईन्जिनियर र कन्सल्टेन्टहरुको समेत सहभागिता थियो ।

सिन्धुलीगढीको इतिहाससँग जोडिएका विभिन्न स्थानको विकास सहितको योजना बनाउन छलफल भएको नगरपालिकाले जनाएको छ । सूचना अधिकारी ढकालले सेनाले बनाउने बिस्तृत गुरु योजनामा पौवागढीदेखि ठूलोगढी जाने पुरानोबाटोमा पहिलेकै शैलिमा ढुंगा बिच्छ्याउने, पौवागढीभन्दा तल धनमना खोलाको सिरमा समाधि पार्क निर्माण, वस पार्क निर्माण र ठूलोगढीबाट समाधि पार्कसम्म जाने ओरालोबाटोमा फलामको कलात्मक सिंढी निर्माणजस्ता योजना समावेश हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “गढी दरबार जोड्ने सिसाको पुल निर्माणको योजना पनि थियो । तर त्यसका लागि धेरै उचाई चाहिने रहेछ । उचाई नमिलेपछि त्यो संभव भएन ।” छलफलमा यु द्ध संग्राहलय सजावट, समाधी पार्क डिजाईन, टुँडीखेल र गढीदरवार जोड्ने सिसाको पुल (ग्लास ब्रिज) निर्माण र पौवागढी–सानोगढी पुरानो बाटो पुनःनिर्माण लगाएतका विषयमा छलफल भएको उहाँले सुनाउनुभयो ।

नगरपालिकाले बनाएको सिन्धुलीगढीको बिस्तृत योजनामा केही योजना छुटेकोले झण्डै सात करोड रुपैया रोकिएर बसेको अवस्था रहेको सूचना अधिकारी ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “यो दुई बर्षे प्रोजेक्ट हो, सेनाले बिस्तृत गुरु योजना बनाएर दुई महिनाभित्रमा नगरपालिकालाई बुझाई सक्नु पर्ने हुन्छ ।”

त्यसो त सिन्धुलीगढीमा नेपाली सेनाले माघ महिनादेखि नेपालकै पहिलो यु द्ध सङग्राहलय बनाउन सुरु गरेको छ । नेपाल एकिकरणका बेला अंग्रेज फौजलाई हराएर बिरासत बोकेको ऐतिहासिक स्थल सिन्धुलीगढीमा नेपाली सेनाको नागरिक सहयोग अभियान अन्तर्गत युद्ध सङग्राहलय बनाउन सुरु गरिएको हो । सिन्धुलीगढीमा यु द्ध सङग्राहलय निर्माण गर्न गत कात्तिक २४ गते उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेलले एक बिशेष सहारोह बीच शिलान्यास गर्नु भएको थियो । उक्त संग्राहलय निर्माण गर्ने जिम्मेवारी सदरमुकाम सिन्धुलीमाढीस्थित नेपाली सेनाको बर्दबहादुर गणले पाएको छ ।

चार करोड १७ लाख रुपैयाँ लागतमा २०७७ असार मसान्तभित्र सक्ने गरी यु द्ध संग्राहलय निर्माण सुरु गरिएको उक्त गणले जनाएको छ । संग्राहलय भित्र वृत चित्र मार्फत गढीको ऐतिहासिक सामरिक महत्व प्रर्दशन गर्न सकिने थिएटर, तत्कालिन समयमा सेनाले प्रयोग गरेका घरेलु हात ह तियार, तो प, गो ला, दस्ताबेज, तत्कालिन यु द्धकालिन समयमा घरेलु सेना र बिपक्षी सेनाको पोशाक प्रर्दशन लगायत संग्रहित गरि राखिने छ ।

नेपाल एकिकरणका बेला बिं. सं. १८२४ मा काठमाण्डौ कब्जा गर्न किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई यु द्धमा हराएर गोर्खाली सेनाले बिरासत कमाएको ठाँउ सिन्धुलीगढी हो ।

प्रतिक्रिया