शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

थप दुई जनामा कोरोना, सं क्रमितको संख्या २४५ पुग्यो

बिहिवार , जेठ १, २०७७

काठमाडौँ,१ जेठ –नेपालमा थप दुई जनामा कोरोना (को भिड-१९) सं क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सं क्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना सं क्रमण पुष्टि भएको हो । मंगलबार पनि चन्द्रागिरि नगरपालिकाकै मच्छेगाउँमा ३३ वर्षीया महिलामा कोरोना सं क्रमण पुष्टि भएको थियो ।

 

बिहीबार पनि चन्द्रागिरिकै व्यक्तिमा कोरोना सं क्रमण पुष्टि भएपछि राजधानी काठमाडौंमा कोरोना पुष्टि भएका व्यक्तिहरुको संख्या ६ पुगेको छ ।

बुधबार एकैदिन रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना गरी २४ जनामा कोरोना सं क्रमण पुष्टि भएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया