काठमाडौँ,२३ बैशाख – चिकित्सकको ला’परवाहीका कारण महिला फुटबलकी उदीयमान खेलाडी समीक्षा मगरको उ’पचार क’ठिन बनेको छ । ग’म्भीर चो’ट लागेको १२ दिन भइसक्दा पनि मगरको आँखाको श’ल्यक्रिया गर्न सकिएको छैन । उनको आँखाको घा’उ दिन प्रतिदिन ब'ढ्दै गएको छ ।
उदयपुरको बेलका नगरपालिका–६ की समीक्षाको यही वैशाख १२ गते बारीमा काम गर्दा ढु'ङ्गा उछट्टिँदा दाहिने आँखामा चो’ट लागेको थियो । अर्को दिन उनलाई उ’पचारका लागि बुबा र दाजुले मोटरसाइकलमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइपुर्याएका थिए । प्रतिष्ठानका चिकित्सकले आँखाको उ’पचार थाल्नुको सट्टा समीक्षालाई को ’रोना भा’इरसको आशंकामा आ’इसोलेसनमा राखेका थिए । “उदयपुरबाट आएको भन्ने थाहा पाए’पछि आ’इसोलेसनमा राखे, उ’पचारतर्फ ध्यान दि'एनन”, हाल विराटनगरस्थित आँखा अस्पतालमा रहेका समीक्षामा बुबा दलबहादुरले फोनमा भन्नुभयो, “चिकित्सकको ला’परवाहीले छोरीको उ’पचारमा स'मस्या भयो ।” चार दिनपछि चिकित्सकले उ’पचार हुन न'सक्ने भन्दै विराटनगर आँखा अस्पताल लैजान उहाँलाई सल्लाह दिएका थिए ।
धरानका चिकित्सकले तीन दिनसम्म आ’इसोलेसनमा राखेकै कारण समीक्षाको उ’पचार गर्न क’ठिन बनेको छ । “समयमै अस्पताल नपुर्याउँदा चिकित्सकले आँखाको ज्यो'ति गु'म्ने ख’तरा बढ्यो भनेका छन”, अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रदेश नं १ उपाध्यक्ष किशोर राईले भन्नुभयो, “श’ल्यक्रिया गर्न ढि'ला भएको छ, चिकित्सकसित सल्लाह गरिरहेका छौँ ।” घा’उ न'घटेकाले श’ल्यक्रिया गर्न ढिला भएको चिकित्सकले जानकारी गराएको उहाँले बताउनुभयो । समीक्षाको उ’पचारको सबै खर्च एन्फाले बेहोर्ने राईले जानकारी दिनुभयो ।
बारीमा सिमल तरुल खन्ने क्रममा १५ वर्षीया समीक्षाको आँखामा चो’ट लागेको थियो । आँखा दु'ख्न थालेपछि उनलाई रामपुर ठोक्सिला स्वास्थ्य चौकी पुर्याइएको थियो । आँखाको नानीमा चो’ट लागेका कारण उनलाई चौकीका स्वास्थ्यकर्मीले उ’पचारका लागि धरान लैजान सल्लाह दिएका थिए । उनलाई ज्व'रो आएको भन्दै बिपी प्रतिष्ठानका चिकित्सकले को'रोना भा'इरसको आ'शंका गरे । उ’पचारतर्फ नलागिकन समीक्षालाई आ'इसोलेसनमा राखियो । “हामीले उ’पचार भइरहेको छ भन्ने ठान्यौँ”, समीक्षाका दाजु सनमले भन्नुभयो, “चार दिनपछि चिकित्सकले विराटनगर लैजानुस् भनेपछि आ'त्तियौँ ।” समीक्षाको नमूना संकलन गरेर परीक्षण गरेपछि तीन दिनपछि उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।
समीक्षालाई वैशाख १८ गते विराटनगरस्थित आँखा अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्थाबारे बुबा दलबहादुर र दाजु सनमलाई खासै जानकारी छैन । दुवै जना समीक्षालाई सन्चो होला कि भनेर अस्पतालमा कुरेर बसेका छन् । उ’पचारका लागि ढिला ल्याएका कारण स'मस्या ज'टिल रहेको चिकित्सले जानकारी दिएको सनमले बताउनु भयो । अहिले दुवै जनाको मन भ'तभती पो'लिरहेको छ । “धरानका चिकित्सकले शुरुमै आँखा अस्पताल लैजान सल्लाह दिएको भए यस्तो हुँदैनथ्यो”, बुबा दलबहादुरले भन्नुभयो ।
यु–१६ राष्ट्रिय महिला टोलीकी सदस्य समीक्षाले स्थानीय लिटिल स्टार स्कुलबाट ८ कक्षाको परीक्षा दिएकी हुन् । उनी स्थानीयदेखि राष्ट्रियस्तरका फुटबल प्रतियोगितामा भाग लिँदै आएकी थिइन् । अग्रपंक्तिमा खेल्ने गरेकी समीक्षा सम्भावना बोकेकी खेलाडी थिइन् । आर्थिक अवस्था निकै क'मजोर भएका कारण हाल उनको उ’पचारमा विभिन्न संघ संस्था तथा व्यक्तिहरुले सहयोग गर्दै आएका छन् । उनको उ’पचारका लागि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सोमबार रु २५ हजार सहयोग गर्नुभएको छ ।