शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा आरडीटी विधिबाट ३ सय ५२ जनाको परिक्षणभ

सोमवार , बैशाख ८, २०७७

सिन्धुली, ८ बैशाख – सिन्धुलीमा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परिक्षण गरिएको ३ सय ५२ जनाको रिर्पोट नेगेटिभ अर्थात कोरोना भा’ईरस नभएको पाइएको छ ।

जिल्लाका दुई नगरपालिका सहित सात गाउँपालिकामा कोरोना संक्रमण भए नभएको तत्काल जानकारी लिन मिल्ने  र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट गरिएको परिक्षणको रिर्पोट नेगेटिभ आएको हो ।

जिल्लाका नौ वटै स्थानिय तहमा भारत तथा तेस्रो मुलकबाट घर आएर एकान्तबास (होम क्यारेन्टाईन)मा बसीरहेकाहरुको परिक्षण गरिएको हो । स्वास्थ कार्यालय सिन्धुलीले गत चैत ३० गते देखि परिक्षण गर्न सुरु गरेको थियो ।

दुधौली नगरपालिकामा १८ जना, कमलामाई नगरपालिकामा १ सय ६ जना, मरिण गाउपालिकामा ३८ जना, हरिहरपुरगढी गाउपालिकामा ३७ जना, तिनपाटन गाउपालिकामा ५२ जना, घ्याङलेख गाउपालिकामा १३ जना, फिक्कल गाउपालिकामा २१ जना, गोलन्जोर गाउपालिकामा ३० जना र सुनकोशी गाउपालिकामा ३७ जनाको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परिक्षण गरिएको स्वास्थ्य कार्यालय सिन्धुलीका ल्याब टेक्निसियन गंगाराम कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार परिक्षण गरिएको सबै ३५२ जनाको नै रिर्पोट नेगेभिट अर्थात कोरोना भाईरस नभएको पाईएको छ ।

प्रतिक्रिया