शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

बाग्मती प्रदेशमा -यापिड टेष्टमा छ जनामा को'रोना सं'क्रमण पाइयाे

बुधवार , बैशाख ३, २०७७

हेटौँडा, ३ वैशाख - भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरुको -यापिड डा'इग्नोष्टिक टेष्ट (आरडीटी) प'रीक्षण गर्दा बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी छ जनामा को'रोना भा'इरस पो'जेटिभ देखिएको छ । गोरखापत्र दैनिकमा खवर छ ।

को'रोना भा'इरसका श'ङ्कास्पद विरीमीहरुको आरडीटी परीक्षण गर्दा धादिङ, काठमाडौँ र काभ्रेपलाञ्चोक जिल्लामा गरी छ जनामा पो'जेटिभ पाइएको हो ।

हालसम्म बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी आरडीटी परीक्षण ९०७ जना गरिएकोमा बाग्मती प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा निर्देशनालयका निर्देशक डा. पुरुषोत्तमराज सेढाईले काठमाडौँमा तीन जना, काभ्रेमा दुई जना र धादिङका एक जना को'रोना भा'इरसका श'ङ्कास्पद विरीमीहरुको आरडीटी परीक्षण गर्दा पो'जेटिभ पाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँका तीन जनामध्ये दुई जनाको स्वा'ब परीक्षण (पीसीआर टेष्ट) गर्दासमेत पो'जेटिभ रिपोर्ट आएको छ ।

काठमाडौँका एकसहित काभ्रे र धादिङका गरी चार जनाको पीसीआर टेष्ट गर्न बाँकी रहेको सामाजिक विकास मन्त्रालयका प्रबक्तासमेत रहनु भएको सेढाईले भन्नुभयो ।

मङ्लबार -यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गर्दा पो'जेटिभ रिपोर्ट आएकामा धादिङको ज्वालामुखी गाउँपालिकाका २७ वर्षीय पुरुष हुनुहुन्छ । उहाँ दक्षिण कोरियाबाट गत फागुन २० गते फर्किनु भएको जनाइएको छ ।

यस्तै आरडीटी परीक्षण गर्दा काभ्रेपलान्चोक मण्डन देउपुर गाउँपालिकाका २३ वर्षीय पुरुष र अर्का बेथानचोक गाउँपालिका २८ वर्षीय पुरुषको रिरपोर्ट पो'जेटिभ आएको मन्त्रालयले जनाएको छ ।

मण्डन देउपुर गाउँपालिकाका पोजेटिभ देखिएका दुबई र बेथानचोकका भारतबाट फर्किनु भएको हो ।

आरुडीटी रिपोर्ट पो'जेटिभ आएका काभ्रे र धादिङका तीनै जनालाई आ'इसोलेसनमा राख्ने व्यवस्था गरिएको छ । उहाँहरुको पीसीआर परीक्षण गर्न बाँकी रहेको छ । यसैबीच मङ्गलबार पर्सा जिल्लाका ३८ र मकवानपुरको एक गरी ३९ जनाको स्वाब परीक्षणका लागि कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित को'रोना प्रयोगशालामा ल्याइएकोमा २१ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ प्राप्त भएको छ ।

बाँकी स्वाब परीक्षणको क्रममा रहेको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित को'रोना प्रयोगशालामा हालसम्म १५४ जना कोरोना भा'इरसका श'ङ्कास्पद वि'रामीको स्वाब परीक्षण गरिएकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासमेत परीक्षण गर्दा तीन जनाको रिपोर्ट पो'जेटिभ र बाँकीको नेगेटिभ रिपोर्ट प्राप्त भएको छ ।

प्रतिक्रिया