शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा तेस्रो मुलुकबाट आएका एक जना आ’इसोले’सनमा

बिहिवार , चैत्र २०, २०७६

सिन्धुली,२० चैत — सिन्धुलीमा एक सय ७६ जना होम क्वारेन्टाइनमा बसेका छन् । उनीहरु भारत तथा अन्य मुलकुबाट आएका व्यक्ति हुन् । गाउँमा लु’कीछिपी बसेको हुन सक्ने भन्दै जनप्रतिनिधिले अन्यको समेत खोजी गरिरहेको छ ।कान्तिपुरमा राजकुमार कार्कीले समाचार लेख्नु भएको छ ।

भारतबाट आउने ८३ र तेस्रो मुलुकबाट आउने ९३ जना होम क्वारेन्टाइनमा रहेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे बताउनु भयो । तेस्रो मुलुकबाट आएका मध्ये एक जनामा उच्च ज्वरो र खोकीको समस्या देखिएकोले सिन्धुली अस्पतालमा उपचार भइरहेको उहाँले बताउनु भयो । आइसोलेसन कक्षमा रहेका उहाँको स्वा’ब परीक्षण गर्न काठमाडौं पठाइएको अस्पतालले जनाएको छ ।

बाहिरबाट आउनेमा सबैभन्दा बढी कमलामाई नगरपालिकामा ४० जना छन् । दुधौली नगरपालिकामा ३९, हरिहरपुरगढी गाउँपालिकामा २९ र मरिण गाउँपालिकामा २८ जना छन् । फिक्कल गाउँपालिकामा ११ जना, तीनपाटन गाउँपालिकामा ९, गोलन्जोर र घ्याङलेक गाउँपालिकामा ८/८ जना तथा सुनकोसी गाउँपालिकामा आएका ४ जना क्वारेन्टाइमा रहेको प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।

जिल्लामा सदरमुकाम सिन्धुलीमाढीसहित विभिन्न पालिकामा गरी अहिलेसम्म १ सय ९३ वटा क्वारेन्टाइन र ३३ वटा आइसोलेसन कक्ष निर्माण भएको छ। उच्च ज्वरो आएका ५ जनाको स्वाब परीक्षण गर्दा कोरोना भाइरस संक्रमण नदेखिएपछि घर पठाइएको छ ।

प्रतिक्रिया