शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

औषधिजन्य सामग्री ल्याउने कम्पनीसंँगको सम्झौता रद्द

बुधवार , चैत्र १९, २०७६

काठमाडौँ, १९ चैत - सरकारले को’भिड १९ को रो’कथाम र नि’यन्त्रणका लागि चीनबाट औषधिजन्य सामग्री ल्याउने भनिएको कम्पनीसँगको सम्झौता र’द्द गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सम्झौतानुसार सामग्री ल्याउन नसक्ने भएपछि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल प्रालि (ओबिसिआई)संँगको सम्झौता र’द्द गरिएको जानकारी दिनुभयो ।

“हामीलाई उक्त कम्पनीले भनेको समयमा औषधिजन्य सामग्री ल्याउन नसक्ने जनाएको छ”, उहाँले भन्नुभयो, “त्यसैले उक्त कम्पनीसंँग औषधि ल्याउने सहमति र’द्द गरिएको हो ।” उहाँले सम्झौतानुसार उक्त कम्पनीले १८ प्रतिशत रकम खर्च गरेर १० प्रतिशत मात्र औषधि ल्याएको जानकारी दिनुभयो ।

उहाँले सहमतिअनुसार औषधि नल्याएको हुनाले उक्त कम्पनीको धरौटी ज’फत गर्नाका साथै का’लोसूचीमा राख्नका लागि सम्बन्धित निकायलाई अनुरोधसमेत गरिने जानकारी दिनुभयो । महानिर्देशक श्रेष्ठले अहिले सं’कटका बेला उक्त कम्पनीमार्फत ल्याइएको सामग्रीमा २० प्रतिशतभन्दा बढी मूल्य परेकोसमेत स्वीकार गर्नुभयो ।

उक्त कम्पनीसँंग केही दिनअघि मात्र द्रुतगतिमा औषधि ल्याइने सम्झौता भएको थियो । उक्त सम्झौतानुसार गत आइतबार कम्पनीले को’भिड १९ को रो’कथाम र नि’यन्त्रणका लागि औषधिजन्य सामग्री ल्याएको थियो ।

उहाँले उक्त कम्पनीसँंगको सम्झौता रद्द गरेर पुनः बिहीबारदेखि अर्को सम्झौताका लागि प्रक्रिया थालिने जानकारी दिनुभयो । उहाँका अनुसार तीन दिनको बोलपत्र आह्वान निकालेर पाँच दिनभित्र औषधिजन्य सामग्री ल्याउने मन्त्रालयको तयारी छ । “अहिलेलाई हामीसंँग पर्याप्त मात्रामा पुग्ने औषधि रहेको छ”, उहाँले भन्नुभयो, “बि’रामीको स्वास्थ्यको उपचार गर्न संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई हामी प्रशस्त औषधिजन्य उपकरण दिन सक्छौँ ।”

प्रतिक्रिया