शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

मन्त्रीपरिषद बैठकले लकडाउनको समय थप्यो

आइतवार , चैत्र १६, २०७६

काठमाडौं, १६ चैत - सरकारले लकडाउनको समय लम्ब्याएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि यसअघि ७ दिन गरेको लकडाउनको अवधि ८ दिन थप गरिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रीपरिषद बैठकले लकडाउनको अवधि ८ दिन थपेको हो । यसअघि सरकारले चैत १८ गते विहान ६ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।

यसअघि कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको बैठकले लकडाउन लम्ब्याउन सरकारलाई सुझाव दिएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया