शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कमलामाई ह्याचरीले चल्ला तथा अण्डा नष्ट गर्‍यो

बिहिवार , चैत्र १३, २०७६

सिन्धुली,१३ चैत –कमलामाई नगरपालिका–४,ढुंग्रेवास स्थित कमलामाई ह्याचरी उद्योगले नियमित उत्पादित चल्ला तथा अण्डा नष्ट गरेको छ । सिन्धुली सहित देशै लकडाउन भएपछि कुखुराको चल्ला तथा अण्डा नष्ट गरेको हो ।

बुधवार मात्रै ३० हजार चल्ला नष्ट गरिएको कमलामाई ह्याचरी उद्योगका संचालक ओम श्रेष्ठले जानकारी दिनुभयो । कोरोना भाइरसको संक्रमणबाट बच्न सबै घरमै बसिरहने भएकाले वाहिर निस्केर काम गर्नेे अवस्था नभएको,चल्लाको लागी दाना आयात ठप्प भएको र व्यवसाय गर्नै समस्या भएकाले चल्ला र अण्डा नष्ट गर्न बाध्य भएको उहाँले बताउनुभयो ।

हप्ता दिन सम्म पनि यस्तै अवस्था रहेमा चल्ला तथा अण्डा उत्पादन गर्ने कुखुरा पनि ज्यूदै पुर्नु पर्ने अवस्था आउने उहाँले बताउनुभयो । कुखुरा पालन व्यवसायमा ठुलो क्षेती भएको उहाँको गुनासो छ । दैनिक ३ लाख क्षेती व्यहोर्नु परेको उहाँको भनाई छ ।

विश्वभरि फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा पनि देखिएपछि सरकारले चैत्र १८ गते सम्म लकडाउन गरेको छ । कमलामाई ह्याचरी उद्योगमा रहेका १७ हजार कुखुराले दैनिक करिव ९ हजार चल्ला उत्पादन गर्छन् । दैनिक उत्पादन भएका चल्ला तथा अण्डा हप्तैपिच्छे खाल्टो खनेर पुर्नु परेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया