शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

नेपाल टेलिकमले रिचार्ज बराबरकै बोनस दिने

बुधवार , चैत्र १२, २०७६

काठमाडौँ १२ चैत – नेपाल टेलिकमले बुधबार रातिदेखि आफ्ना ग्राहकलाई रिचार्ज बराबरकै बोनस उपलब्ध गराउने भएको छ । यस अघि बुधबार दिउँसोबाट नै यो सेवा सुरू गर्ने भनिए पनि प्राविधक समस्याका कारण बेलुकाबाट मात्र सुरू गरिने नेपाल टेलिकमले जनाएको छ ।

यो सुविधा अन्तर्गत ग्राहकले जुनसुकै माध्यमबाट टेलिकमको सिमकार्ड रिचार्ज गर्दा त्यति नै बराबरको थप बोनस पाउनेछन् । मंगलबार नियामक नेपाल दूरसन्चार प्राधिकरणले सेवा प्रदायकलाई रिचार्ज बराबरकै बोनस उपलब्ध गराउन निर्देशन दिएको थियो ।

कोरोना संक्रमणको विषम अवस्थामा प्रयोगकर्तालाई थप सहयोग पुर्‍याउन प्राधिकरणले कम्तीमा एक महिनासम्म यस्तो सुविधा उपलब्ध गराउन निर्देशन गरेको थियो ।

प्रतिक्रिया