शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीका भू’कम्प पी’डितलाई ९ अर्ब ९ करोड अनुदान

मंगलवार , फाल्गुण २७, २०७६

सिन्धुली,२७ फागुन – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिन्धुलीले जिल्लाका भू’कम्पपिडितलाई घर पुनःनिर्माणकालागी नौ अर्ब ९ करोड बढी रुपैयाँ अनुदान वितरण गरेको छ । २०७२ साल बैशाख १२ गते गएको बिनाशकारी भू’कम्पबाट क्ष’तिग्रस्त घर पुनर्निर्माणका लागि पी’डितलाई ९ अर्ब बढी रकम वितरण भइसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

भू’कम्प पी’डितलाई राज्यले दिने अनुदानस्वरुपका पहिलो दोस्रो तथा तेस्रो किस्तामा मोटो रकम वितरण भइसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक सुरेश दाहालले बताउनु भयो । जिल्लामा हालसम्म ७० प्रतिशतमाथि नयाँ घरहरु निर्माण भइसकेको र बाँकी पुनःनिर्माणका लागि अझै २ अर्ब ७५ करोड आवश्यक पर्ने पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाई, अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वधार कार्यालयका प्रमुख सुर्यप्रकाश विष्टले जानकारी दिनु भयो ।

उहाँका अनुसार भू’कम्प पी’डितलाई पहिलो किस्ता वापतको पचास हजार दोस्रो किस्ता वापतको एक लाख पचास हजार र तेस्रो किस्ता वापतको एक लाख रुपैया वितरणमा यो रकम खर्च भएको हो । पुनःनिर्माण तर्फको पहिलो किस्ताका लागि १ अर्ब ८१ करोड ८७ लाख पचास हजार वितरण भएको कार्यालयले जनाएको छ । यस्तै प्रबलीकरणतर्फ पहिलो किस्ता स्वरुप ५६ करोड ३५ लाख रुपैया रुपैया खर्च भएको छ । यस्तै दोस्रो किस्ताका लागि चार अर्ब ५१ करोड ७१ लाख भुकम्प पिडितका लागि घर बनाउन वितरण भइसकेको छ ।

दोस्रो किस्ता स्वरुप भु’कम्प पि’डितलाई एक लाख पचास हजार प्राधिकरणले अनुदान दिने व्यवस्था मिलाएको छ । यस्तै तेस्रो किस्ता १ लाख रुपैयाका दरले वितरण भएको छ । जसमा हालसम्म तेस्रो किस्ताका लागि सिन्धुलीका भू’कम्प पी’डितलाई पुस मसान्तसम्म २ अर्ब १९ करोड ८ आख रुपैया वितरण भइसकेको कार्यालय प्रमुख विष्टले जानकारी दिनु भयो ।

सिन्धुलीमा पुनःनिर्माणको प्रगतिले गति लिदै की भन्ने थियो, तर पछिल्लो समय धमाधम घहरु बनेका छन, कार्यालय प्रमुख विष्टले भन्नु भयो, आगामी असार मसान्तसम्म ९० प्रतिशत घर बन्ने अनुमान छ । जिल्लामा हालसम्म पुनःनिर्माणतर्फ ३८ हजार ५ सय ६२ जना लाभग्राहीमा सूचीकृृत भइसकेका छन् । यस्तै प्रबलीकरण लाभग्राही तर्फ १४ हजार चास सय ४१ जना रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाई, अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वधार कार्यालय सिन्धुलीले जनाएको छ। जसमध्ये पुनःनिर्माणतर्फ ३६ हजार तीन सय ७५ जनाले सम्झौता गरि पहिलो किस्ता वापतको पचास हजार बुझिसकेका छन् ।

पुनःनिर्माणको अनुदान लिने व्यवस्थानै झन्झटिलो भएकाले समेत जिल्लामा पुनःनिर्माणमा ढिलाई भएको सरोकारवाहरु बताउँछन् । स्थानीय तहको वडा कार्यलयमा कार्यरत इन्जिनियरहरुको सिफारिस, शहरी विकास तथा भवन डिभिजन कार्यालय त्यसपछि जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय हुदै कोष तथा लेखा नियन्त्रण कार्यालय र पुन जिल्ला आयोजना कार्यान्वयन इकाईमा फाइल तथा चेक आइ बैकमा जानुपर्ने भएकाले पनि अनुदान लिन झ’न्झटिलो प्रक्रिया पार गर्नुपर्ने भू’कम्प पी’डितलाई समस्या छ ।

भुकम्पबाट सबै क्षतिग्रस्त भएका केहि लाभग्राहीले तीन/चार कोठाको घर बनाए पनि अन्य स्थानमा घर भएका तथा बस्न योग्य घर भएका अधिकांशले साना घर बनाएका छन् । भु’कम्पपछि केहि घरहरु प्रबलीकरण(मर्मतसम्भार) गर्नुपर्ने भन्दै प्राधिकरणले प्रबलीकरण लाभग्राहीको सूचीमा केहि पी’डितलाई राखे पनि अझै प्रबलीकरणको काम अगाडि बढ्न सकेको छैन ।

सामान्य क्ष’ति भएका घरलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले मर्मत सम्भार गर्दा बस्न योग्य हुने भन्दै प्रबलीकरण गर्नका लागि १ लाख अनुदान दिने व्यवस्था गरेको छ । दुई किस्तामा दिइने अनुदानका लागि सम्झौता गरि पहिलो किस्ता वापतको रकम पिडितले बुझेपछि प्रबलीकरण केहो भन्ने कुरानै जानकारी नहुँदा प्रबलीकरणको काम अगाडी बढाएका छैनन्। प्रबलीकरणको पहिलो किस्ता बुझेपनि हालसम्म दोस्रो किस्ता लिन कोही नआएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया