शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कमलामाई नगरका मजदुरको निःशुल्क स्वास्थ्य बिमा

मंगलवार , फाल्गुण २७, २०७६

सिन्धुली,२७ फागुन – सिन्धुलीको कमलामाई नगरपालिकाले नगरक्षेत्रभित्रका दैनिक मजदुरी गरेर जिवीका गर्ने मजदुरहरुको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । नगरपालिकाले एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा निःशुल्क गरिदिएपछि परिवारको स्वास्थ्य उपचारमा सहज भएको उनीहरु बताउछन् ।

सिन्धुलीको कमलामाई नगरपालिका ४ ज्यामिरेकी गिता रम्तेल कमलामाई नगरपालिकाले आफु सहित ६ जनाको परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएपछि सुखी छन् । उहाँको ६ जनाको परिवारले बार्षिक एक लाख बराबर सम्मको उपचार पाउने गरी नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ ।

कमलामाई नगरपालिका ६ रातमाटाका उमेश रम्तेलको ४ जनाको परिवारले पनि बार्षिक एक लाख सम्मको उपचार पाउने गरी नगरपालिकाले स्वास्थ्य बिमा गरिदिएको छ । दैनिक ज्याला मजदुरी गरेर कमाएको पैसाले विहान बेलुका बल्लतल्ल चुलो बाले पनि कुनै विरामी भए उपचार गर्न मुस्किल हुने गरेको अवस्थामा नगरपालिकाले यसरी निःशुल्क बिमा गरिदिएर गरिव दुखीहरुका लागि स्थानिय सरकारले ठुलो राहत दिएको रम्तेल बताउनुहुन्छ ।

कमलामाई नगरपालिकाले नगरक्षेत्रभित्रका गरिव,बिपन्न, दैनिक ज्यालादारी गर्ने मदजुरको स्वास्थ्य विमा गर्नका लागि आर्थिक बर्ष २०७६।०७७ मा ३० लाख बजेट बिनियोजन गरेको थियो । पहिलो चरणमा विमाका लागि निवेदन आह्वान गर्दा एक हजार २ सय घरधुरीले निवेदन दिएकोमा त्यसबाट ३९४ घरधुरीलाई छनोट गरेर कुल १ हजार ८ सय ४५ जनाको १४ लाख २ हजार ८ सय खर्च गरेर निःशुल्क विमा गरिदिएको नगरपालिकाका सामाजिक विकास शाखाका बविन्द्रलाल माझीले बताउनुभयो ।

स्थानिय सरकारको अनुभुति दिनका लागि मजदुरहरुको विमा गरिएको नगरप्रमुख खड्ग बहादुर खत्रीले बताउनुभयो । बिमालाई प्रत्यक बर्ष निरन्तर्ता दिने उहाँले बताउनुभयो । मजदुरका पक्षमा गर्न सकिने कामका लागि नगर सधैं तयार रहेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘श्रमजीवि, सर्वहाराको कसरी उत्थान गर्न सकिन्छ भन्ने अभियानमा कमलामाई नगरपालिका लागेको छ ।’

प्रतिक्रिया