शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सन्दिप लामिछानेको नयाँ विश्व क्रीतिमान

बुधवार , फाल्गुण २१, २०७६

काठमाडौँ – २१ फागुन – नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले थाइल्याण्डविरुद्धको एसीसी इस्टर्न रिजन टि–ट्वान्टी पुरुष क्रिकेट प्रतियोगिताको थाइल्यान्डविरुद्धको खेलमा नेपालका लेग स्पिनर सन्दिप लामिछानेले नयाँ विश्व क्रीतिमान कायम गर्नु भएको छ । उहाँले लगातार २२ बल कुनै रन नदिई क्रीतिमान राख्नु भएको छ ।

सन्दीपले आफ्नो पुरा ४ ओभरमा ३ मेडन ओभर गर्दै ९ रन खर्चेर १ विकेट लिनु भयो । यस अघि उक्त क्रीतिमान पाकिस्तानका फास्ट बलर मोहमद आमिरको नाममा रहेको थियो । उहाँले लगातार २१ डट बल फाल्नु भएको थियो । उहाँले यूएइविरुद्ध उक्त क्रीतिमान हासिल गर्नु भएको थियो ।

प्रतिक्रिया