शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

नेपाली रुपैयाँ कमजोर हुन थाल्यो, रेमिटेन्स आय पनि घट्ने

बुधवार , फाल्गुण २१, २०७६

काठमाडौं २१ फागुन - अमेरिकी डलरको मूल्य ६ दिनमा करिव तीन रुपैयाँले बढेको छ। बुधबार एकैदिन डलरको भाउ ११७ रुपैयाँ ५८ पैसा पुगेको छ। अघिल्लो दिन डलरको भाउ ११६ रूपैयाँ ६६ पैसा थियो।

लामो समय ११४ रुपैयाँको हाराहारीमा रहेको डलर गत सातादेखि निरन्तर बढ्न थालेको हो। ११४ को हाराहारीमा रहेको डलर बुधबारसम्म ११७ रुपैयाँमाथि उक्लिएको छ। दुई दिनमा मात्र डलरको भाउ एक रुपैयाँ ७२ पैसाले उक्लिसकेको छ।

चीनबाट फैलिएको नोबल को’रोना भा’इरसले विश्व अर्थतन्त्र नै प्र’भावित हुन थालेपछि लगानीकर्ताहरुले डलरको माग बढाएका छन्। यही बीचमा सुनको मूल्य पनि बढ्न थालेको छ।

कोरोनाका कारण चीनको मात्र नभइ अमेरिका, युरोप र भारतकै अर्थतन्त्र पनि प्रभावित हुन थालेको छ। लगानीकर्ताहरु सेयर बजारबाट विस्तारै बाहिरिन थाल्दा विश्वका ठूला स्टक एक्सचेञ्जका सूचकहरु फराकिलो अन्तरले झर्न थालेका छन्।

डलरको मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। तर यसपाली कोरोनाका कारण डलरको भाउ बढेपनि नेपाली रोजगारीमा रहेका मुलुकहरु पनि यसबाट प्रभावित देखिएकाले ती देशबाट नेपाली फिर्ता पठाइन सक्छन्। यसो हुँदा रेमिटेन्समा आधारित आय घट्न सक्छ।

राष्ट्र बैंकले पनि को’रोनका कारण रेमिटेन्स घट्नसक्ने प्रक्षेपण गरेको छ। उसले त कोरोनाका कारण आर्थिक वृद्धिसमेत प्रभावित हुने जनाएको छ।

डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। वस्तु तथा सेवा विक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयमा समेत सुधार हुने छ। हस्तकला लगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ। नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्न पर्ने सामान तथा सेवाहरु महँगो पर्ने छ। तर कोरोनाका कारण निर्यात बजार पनि प्रभावित हुन सक्ने भएकाले बढ्दो डलरको लाभ नमिल्न पनि सक्छ।

डलरको मूल्य वृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा बढी नोक्सान छ। आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्नेछ।

भारत तथा तेस्रो मुलुकबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो पर्ने छन्। चीनबाट आउने सस्ता सामानको भाउमा समेत असर पर्नेछ। डलर मूल्यमा हुने थपघटका आधारमा युआनको भाउ निर्धारण हुन्छ।

विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ। उत्पादित वस्तुको लागत वृद्धि भएपछि यसको असर केही दिनमै उपभोक्य वस्तुको मूल्यमा देखिन थाल्छ।

डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ। सरकारले डलरमा ऊर्जा खरिद गरेको जलविद्युत् आयोजनाहरुलाई समेत बढी पैसा तिर्नुपर्ने हुन्छ। विदेशी कलेजमा पढ्न जाने, औषधि उपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई पनि डलर वृद्धिले समस्या पार्छ।

पछिल्लो सातामा डलर मात्र नभइ कुवेती दिनार ८ रुपैयाँले बढिसकेको छ। कतारी पैसाको दाम पनि बढेको छ भने साउदी दिनारको भाउ पनि बढेको छ। मलेसियाको रिङ्गेट भने स्थिर छ। युरो ६ रुपैयाँले उक्लिसकेको छ।

 

यस्तो छ आजको विनिमय दर

 

 

 

प्रतिक्रिया