शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

फेरि बढ्यो सुनको मूल्य

बुधवार , फाल्गुण २१, २०७६

काठमाडौँ २१ फागुन - सुनको भाउले आज बुधबार नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर तोलाको अहिलेसम्म कै महंगो तोलाको ८० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गएको फागुन १२ गते सुनको भाउ तोलाको ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

गएको आइतबार एकैदिन तोलामा १२ सय रुपैयाँ घटेको सुनको भाउ सोमबार स्थिर रहँदै तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तोलामा ३ सय रुपैयाँ बढेर सुन तोलाको ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया