शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज फेरि बढ्यो सुनको मूल्य

मंगलवार , फाल्गुण २०, २०७६

काठमाडौँ –१९ फागुन – सुनको मूल्य फेरि बढ्न थालेको छ। सोमबार तोलाको ७८ हजार रुपैयाँमा किनबेच हुँदै आएको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले बढेर ७८ हजार ३ सय रुपैयाँ पुगेको छ।

यसअघि सुन निरन्तर बढेर तोलाको ८० हजार ३ सयसम्म पुगेको थियो। त्यसपछि घट्न थालेको सुनको मूल्य फेरि उकालो लाग्न सुरु गरेको हो।

कोरोना भाइरसका कारण निरन्तर बढेको सुनको मूल्य केही घटेको थियो। तर, अहिले पुनः कोरोना भाइरस विश्वभर फैलिएको त्रास फैलिएसँगै सुनको मूल्य बढ्न पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाइ छ।

प्रतिक्रिया