काठमाडौं १८ फागुन - साताको पहिलो दिन आइतबार सुनको मुल्य घटेको छ । सुनको मूल्य घटबढ हुने क्रममा आइतबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबार ७९ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा आइतबार एक हजार दुई सय रुपैयाँले घटेर ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य तोलामा पनि एक हजार दुई सय रुपैयाँले घटेर ७७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । गत साता शुक्रबार तेजाबी सुनको मूल्य ७८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।