शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सन्दीपको कीर्तिमानी १०० विकेट

शनिवार , फाल्गुण १७, २०७६

काठमाडौँ ,१७ फागुन– स्टार क्रिकेटर सन्दीप लामिछानेले ट्वान्टी–ट्वोटी क्रिकेटमा १०० विकेट पूरा गर्नु भएको छ । लामिछानेले कीर्तिमानी १०० विकेट पूरा गर्दा मलेसियाले नेपाललाई १५५ रनको लक्ष्य दिएको छ ।

एसीसी ईस्टर्न रिजन पुरुष ट्वान्टी–ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले नेपाललाई १५५ रनको लक्ष्य दिएको हो ।

थाइल्यान्डको बैंकक भएको खेलमा मलेसियाले ६ विकेटको क्षतिमा १५४ रन बनाएको हो । मलेसियाका लागि सायद मुबारकले अर्धशतकीय पारी खेल्नु भयोे । उहाँले ३५ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाएको हो ।

मलेसियाका लागि मोहमद अरुदिनले ३१ रन बनाउँदा मोहमद नुरले ३० रन बनाउनु भयो ।

नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिनु भयो । यस्तै अविनाश बोहोराले दुई विकेट लिनु भयो । करण केसीले एक विकेट लिन सफल हुनु भयो ।

प्रतिक्रिया